खोज्नुहोस

Blog

एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनी आमने सामने

एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनी आमने सामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ । एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ । सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम समुह चरणको एक मात्र हार अन्तिम खेलमा विराटनगरसँग बेहोरेको थियो । त्यस्तै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको हो । लुम्बिनीबाट यस सिजनमा कप्तान रोहित पौडेल, डिआर्ची शर्ट, शेर मल्ल, तिलक भण्डारी, रुबेन ट्रम्पेलम्यान, दिलिपनाथ, सन्दीप जोरलगायतका खेलाडीले…
Read More
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जान कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ । शुक्रबार मन्त्री बन्नेमध्ये इङ्नाम अधिवक्ता हुन् । त्यस्तै…
Read More
आज अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइदै

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । यो राष्ट्रसंघद्वारा घोषित तटस्थता दिवस हो । तुर्किमेनिस्तानद्वारा १९९५ मा प्रस्तावित महासभाद्वारा प्रस्ताव नम्बर ७१/२७५ मार्फत विनामतदान पारित गरिएदेखि यो दिवस मनाउन थालिएको पाइन्छ । शान्तिका लागि तटस्थताको आवश्यकतालाई ध्यानमा राख्दै हरेक वर्ष संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरू मार्फत दिवस मनाउने गरेको छ । राष्ट्रहरूको आन्तरिक नीतिमा तटस्थताको सिद्धान्त लागू गर्न सके मात्र विश्व शान्तिको नारा गुञ्जायमान रहन्छ भन्नेमा राष्ट्रसंघको विश्वास रहेको पाइन्छ । राष्ट्रसंघको मुख्य कार्यहरुमा कूटनीति प्रमुख मध्य पर्दछ । राष्ट्रसंघले तटस्थताको पैरवीका साथै रोकथामका कुटनीतिको…
Read More
जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ। उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण पनि गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो। समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो । समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो। यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते…
Read More
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मुगुबाट पूर्बमन्त्री शाही सहित ७ जना सिफारिस

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मुगुबाट पूर्बमन्त्री शाही सहित ७ जना सिफारिस

मुगु—नेपाली कांग्रेस मुगुले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्ला बाट पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहित ७ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।बुधबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ कांग्रेस सभापति एवम निर्बतमान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र पूर्ब पार्टी सभापति खडकबहादुर शाही र महिला तर्फ रमाइली रावलको नाम सिफारिस गरिएको छ ।त्यस गरि समानुपातिक तर्फ कालोपोथी फिल्मका निर्देशक मीन भाम, भिम तिरुवा र केशरकला मल्लको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा तर्फ कांग्रेस नेता तथा पूर्ब शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको…
Read More