खोज्नुहोस

Blog

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकले राष्ट्रिय सभा निर्वाचन, आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार छनौट, पार्टीको महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।  
Read More
जलवायु परिवर्तनको बीचमा समुन्द्रको गहिराइमा पत्ता लाग्यो २०० नयाँ प्रजाति

जलवायु परिवर्तनको बीचमा समुन्द्रको गहिराइमा पत्ता लाग्यो २०० नयाँ प्रजाति

काठमाडौँ । जलवायु परिवर्तनको बीचमा, वैज्ञानिकहरूले समुन्द्रको गहिराइबाट जैविक विविधताको नयाँ तस्वीर पत्ता लगाएका छन् । वैज्ञानिकहरूले गुआमबाट समुद्र सतहभन्दा १३० देखि ४९० फिट मुनि रहेका लगभग २००० समुद्री जीवहरूको अध्ययन गरेका छन्, जसमा डीएनए विश्लेषण गर्दा २०० नयाँ प्रजातिहरू पत्ता लाग्ने अपेक्षा गरिएको छ । जर्नल अफ बायोजियोग्राफीमा प्रकाशित एक रिपोर्ट अनुसार, समुन्द्रको सतह नजिकै रहेका कोरल चट्टानहरू जलवायु परिवर्तन, समुन्द्रको तापक्रम वृद्धि र अम्लीकरणबाट सबैभन्दा बढी प्रभावित भइरहेका छन् । यसको विपरित, मेसोफोटिक, वा ट्वायलाइट, क्षेत्रमा अवस्थित गहिरो चट्टानहरूको तुलनात्मक रूपमा अध्ययन गरिएको छैन । अनुसन्धानले यी गहिराइहरूमा अझै पनि समुद्री जैविक विविधताको महत्त्वपूर्ण मात्रा लुकेको हुन सक्ने…
Read More
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयमा आज अनुगमन गर्दै

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयमा आज अनुगमन गर्दै

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको आज अनुगमन गर्ने भएको छ । आज नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ । आज बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लगायतको पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ । आगामी फागनु २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको…
Read More
एमसीसी अन्तर्गतका २३.६६ मिलियन डलरका दुई ठेक्का सम्झौता

एमसीसी अन्तर्गतका २३.६६ मिलियन डलरका दुई ठेक्का सम्झौता

काठमाडौँ । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३.६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता भएको छ । यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३.६६ मिलियन अमेरिकी…
Read More
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य…
Read More