खोज्नुहोस

Blog

कोभिड खोप र हृदयघातबीचको सम्बन्ध बारे भारतको एम्सको अध्ययनमा के छ ?

कोभिड खोप र हृदयघातबीचको सम्बन्ध बारे भारतको एम्सको अध्ययनमा के छ ?

काठमाडौँ । कोभिड महामारीको समयमा मानिसहरूलाई खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, २०२४ को अन्त्यसम्ममा विश्वभर १३.६४ अर्बभन्दा बढी कोभिड खोपको डोज लगाइएको छ । डब्लुएचओले अझै पनि खोप सिफारिस गर्दछ । यसैबीच, एम्सले गरेको अध्ययनले हृदयघातको प्रमुख कारणको रूपमा हृदय रोग पहिचान गरेको छ ।  एम्स दिल्लीको प्याथोलोजी र फोरेन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको शव परीक्षणमा आधारित अध्ययन सञ्चालन गरेको थियो । अध्ययनको शीर्षक 'युवा वयस्कहरूमा अचानक मृत्युको बोझ: भारतको ठूलो अस्पतालमा एक वर्षको अध्ययन'  रहेको छ । यो अध्ययन इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित भएको थियो, जुन इन्डियन काउन्सिल…
Read More
स्वास्थ्य सुधार भएपछि झलनाथ पत्नी चित्रकारलाई आज दिल्लीबाट स्वदेश ल्याइदै

स्वास्थ्य सुधार भएपछि झलनाथ पत्नी चित्रकारलाई आज दिल्लीबाट स्वदेश ल्याइदै

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा चलेको गहन उपचारपछि आज स्वदेश फर्कने भएकी छन् । जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउन लागिएको हो । भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । एपोलो अस्पतालमा उपचारको क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा…
Read More
आज २०२५ को सबैभन्दा छोटो दिन र लामो रात !

आज २०२५ को सबैभन्दा छोटो दिन र लामो रात !

काठमाडौँ । खगोल विज्ञानमा रुचि राख्नेहरूका लागि, आजको दिन र रातको बारेमा रोचक समाचार छ । तपाईंलाई थाहा नहुन सक्छ, आइतबार, डिसेम्बर २१, २०२५ को सबैभन्दा छोटो दिन थियो र यो चाँडै बित्यो । आज राती वर्षको सबैभन्दा लामो रात हुने भएको छ । आइतबारको दिन र रात पनि इतिहासमा दुर्लभ खगोल विज्ञान घटनाहरूको रूपमा रेकर्ड गरिनेछ । डिसेम्बर २१ वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुनेछ । यद्यपि सामान्य रुपमा छोटो दिन याद नगरिएको हुन सक्छ, ढिलो सूर्योदय र प्रारम्भिक सूर्यास्त भएको छ । वैज्ञानिकहरूले यसको श्रेय पृथ्वीको अक्ष, यसको झुकाव र सूर्य वरिपरि यसको परिक्रमालाई दिन्छन्…
Read More
जुम्लामा स्याउ बाट १४ करोड आम्दानी

जुम्लामा स्याउ बाट १४ करोड आम्दानी

जुम्ला —कर्णाली प्रदेशको जुम्लामा यो वर्ष स्याउ बिक्री गरेर करिव १४ करोड २९ लाख आम्दानी भएको छ । यो बर्ष जुम्लाम १८ हजार २ सय ४५ मेट्रिकटन स्याउ उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८ सय ३८ परिवार मध्ये १९ हजार १ सय ५० परिवार स्याउखेतीमा संलग्न रहेको पाइएको छ ।जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४ सय ३५ हेक्टर रहेको कार्यालयले जनाएको छ। त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१÷८२ मा चार हजार ३ सय २५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४ सय ४५ हेक्टर पुगेको…
Read More
मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी, आज मतदान हुदै

मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी, आज मतदान हुदै

जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनले जनता समाजवादी पार्टीका रामअशिष यादवलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले त्रिलोकी प्रसाद चौधरीलाई उम्मेदवार बनाएको हो । जसपा नेपालका उम्मेदवार रामअशिष यादवको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक फकिरा महतो छन् । यादव जसपा नेपालबाट धनुषाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सांसद हुन् । त्यसैगरी एमालेका त्रिलोकी चौधरीको प्रस्तावकमा एमालेकी सांसद शारदा देवी थापा र समर्थकमा जय चन्द्र प्रसाद पटेल छन् । एमालेका यादव बारा क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद हुन् । मधेश प्रदेशसभाले…
Read More