काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा संयोजक र सदस्यहरु मनोनयन गरेको छ । कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता नयाँ र नवीकरणको अन्तिम सूची तयार गर्नका लागि गठित क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनित गरेका छन् । त्यस्तै समितिको सदस्यहरुमा शिवप्रसाद हुमागाँइ, प्रा. डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार विक मनोनित भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता…
काठमाडौँ । आज अन्तराष्ट्रिय पर्वतीय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँदै आइएको छ । दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने यो दिवस विश्वसामु यी महत्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान गर्ने दिन पनि हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा 'पानी, खाना र जीविकोपार्जनको हिमनदी पहाड महत्त्वपूर्ण छन्' भन्ने रहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको…
काठमाडौँ । जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा एक समारोहबीच हस्ताक्षर सम्पन्न भएको हो । सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गरेका थिए । साथै अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा वि.सं. २०८२ साल भाद्र २३ र २४ गते भएको राजनीतिक-सामाजिक जनआन्दोलन निम्त्याएको वास्तविकतालाई स्वीकार गर्दै, जनआन्दोलनका क्रममा…
धुलिखेल । काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालय (केयू) मा आज ३१औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । पहिलो चरणमा कुल २ हजार २०९ विद्यार्थी दीक्षित भएका छन्, जस मध्ये १७ देशका १९६ विदेशी विद्यार्थी पनि रहेका छन् । समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सञ्चालन भएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन पनि कार्यक्रममा सहभागी भएका थिए । नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालय (जेएनयू) का उपकुलपति प्राध्यापक धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा दीक्षान्त समारोहमा उपस्थित रहेका थिए । यस वर्ष केयूका स्कुल अफ आर्ट्स, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्सबाट गरी जम्मा २ हजार २०९ विद्यार्थी…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो क्वालिफायर खेल हुदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शिर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सवीच दिउसो ४ बजेदेखि शुरु हुदैछ । लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो । त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको…