काठमाडौं । सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो । अघिल्लो बर्ष सरकारले प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो । यसबर्ष सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ घटाएको छ । सरकारले उखुको समर्थन मुल्य २०८०-८१ मा ६३५, २०७९-८० मा ६१०, २०७८-७९ मा ५९० तोकेको थियो । कृषि मन्त्रालयका अनुसार हाल देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । त्यस्तै सरकारले उखु किसानलाई दिने अनुदान रकम ७० कायम गरिएको छ । अघिल्लो बर्षपनि अनुदान रकम यति नै रहेको थियो ।…
काठमाडौँ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइदै छ । यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको विषयवस्तु, 'युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँ: भोलीको इमान्दार समाज निर्माण गरौँ' भन्ने रहेको छ । यसले निष्पक्ष, पारदर्शी समाज निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । भ्रष्टाचार अन्त्यका लागि यो दिवस मनाइने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज जनप्रदर्शन र बृहत सभा आयोजना गर्न लागेको छ । राप्रपाले आज बिहान ११ बजेदेखि काठमाडौँको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गर्न लागेको हो । राप्रपाले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । त्यस्तै राप्रपाले अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको उनले बताएका छन् ।…
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले विदेशी नेपाली कर्मचारीहरूलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गरेको छ । विदेशमा बस्ने नेपाली आप्रवासीहरूको लागि आईपीओ भर्ने अवधि मङ्सिर २२ देखि कम्तिमा मङ्सिर २५ सम्म र बढीमा पुस ७ सम्म लम्ब्याउन सकिने छ । कम्पनीले १० माघ देखि १४ माघ, २०८० सम्म बुक-बिल्डिङ प्रक्रिया मार्फत आफ्नो प्राथमिक शेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी गरेको थियो । बाँडफाँड, जुन १५ माघमा भएको थियो । रिलायन्स स्पिनिङ मिल्सले आफ्नो जारी पूँजी १.९० अर्बको १०.१४ प्रतिशत अर्थात् कुल १९,२६,६०० शेयर जारी गर्ने भएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ७,७०,६४० शेयर पहिले नै योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी…
काठमाडौं । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विश्वभर मनाउने गरिन्छ । मर्यादित महिनावारीको लागि ग्लोबल साउथ गठबन्धनको पहलमा सन् २०१९ देखि यो दिवस मनाइँदै आएको छ । यस बर्षको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा 'मर्यादित महिनावारी: जन्मसिद्ध गरिमा, समानता र अविच्छिन्न अधिकारहरू पुनः प्राप्त गरौँ' भन्ने रहेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस दिवसको यो सातौं संस्करण हो । महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया हो । महिलाको गर्भाशयको भित्री तहमा मासिक रूपमा…