खोज्नुहोस

Blog

कर्णालीको सान्त्वना जित, जनकपुर बोल्ट्स ३ रनले पराजित

कर्णालीको सान्त्वना जित, जनकपुर बोल्ट्स ३ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको हो । जनकपुरका लागि संजय कृष्णमुर्थीले सर्बाधिक ५१ रन बनाए भने संगीथ कूरेले २५ रन बनाएका थिए ।  त्यस्तै कर्णालीकाविलियम बोसिस्टोले २ विकेट लिए भने मार्क वाट, पवन सराफ, नन्दन यादव र सोमपाल कामीले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन…
Read More
नेप्से २१.४८ अंकले घट्यो, ५ अर्ब ३३ करोडको कारोबार

नेप्से २१.४८ अंकले घट्यो, ५ अर्ब ३३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२५ कम्पनिका एक करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बंगल हाइड्रोको शेयर ८.५१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सागर डिस्टिलरीको ४३ करोड ६९ लाख कारोबार भएको छ भने…
Read More

फागुन २१ को प्रतिनिधि सभा निर्वाचन: दलहरुलाई चुनाव चिन्ह प्रदान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न वितरण गरेको छ । आइतबार आयोगले चुनावमा भाग लिन दर्ता भएका ११४ दललाई एकल र संयुक्त चुनाव चिह्न प्रदान गरेको हो । आयोगमा हाल १४३ दलको दर्ता कायम रहेपनि निर्वाचनमा ११४ दलले भाग लिने जनाएको छ । आयोगका अनुसार यसपटक निर्वाचनमा १०७ चुनाव चिह्न प्रयोग हुनेछ । जसमध्ये १०२ दलले एक्ला एक्लै चुनावमा भाग लिने छन् भने १२ दलले ५ समूह बनाएर संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने छन् । निर्वाचनका लागि १२० निवेदन परेकोमा १३ वटा खारेज भएको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार…
Read More
एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज

एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज

काठमाडौँ । आज नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेल हुदैछ । आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच दिउसो साढे ३ बजेदेखि खेल हुदैछ । कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन् । कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६-६ खेलमा १-१ खेल जितेका छन् भने ५-५ खेलमा हार बेहोरेका छन् । कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो । आज हुने यस खेलको नतिजाले कुनै प्रभाव पर्दैन । कर्णाली र जनकपुरसहित चितवन र पोखरा प्लेअफको दौडबाट बाहिरिएका छन् भने सुदूरपश्चिम रोयल्स, विराटनगर…
Read More
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन नागरिक उड्डयन सुरक्षा र व्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउँदै आएको छ । यस बर्ष 'दिगो विकासका लागि उड्डयन: संसारलाई जोड्दै' भन्ने नाराका साथ यो दिवस मनाइदैछ । आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो। आइकाओले शिकागो…
Read More