खोज्नुहोस

Blog

रवि लामिछाने तत्कालदेखि पार्टीको जिम्मेवारीमा फर्किने

रवि लामिछाने तत्कालदेखि पार्टीको जिम्मेवारीमा फर्किने

काठमाडौँ । रवि लामिछाने कानुनी प्रक्रिया पुरा गरेपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डोल प्रसाद अर्यालले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् । अर्यालले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गरेको उल्लेख गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन् । उनले सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक…
Read More
डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीन कार्ड लटरी (डिभी भिसा कार्यक्रम) निलम्बन गरेका छन् । यो कार्यक्रममार्फत ब्राउन विश्वविद्यालय र एमआईटी गोलीकाण्डका संदिग्ध व्यक्ति संयुक्त राज्य अमेरिका प्रवेश गरेको पिए पछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम निलम्बन गरेको हो । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन गर्न आदेश दिएको बताएकी छन् । ट्रम्पले यो निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोड्दै ग्रीन कार्ड लटरी जस्ता कार्यक्रमहरू मार्फत अमेरिका प्रवेश गर्नेहरूको लागि पूर्ण पृष्ठभूमि जाँच आवश्यक रहेको बताउदै हालको प्रणालीमा त्रुटिहरू रहेको र यसबाट गलत फाइदा उठाउन सक्ने ठाउ रहेको बताएका छन् । ट्रम्प लामो समयदेखि डाइभर्सिटी…
Read More
च्याटजिपिटी अपरेटिङ सिस्टम ल्याउदै ओपनएआई

च्याटजिपिटी अपरेटिङ सिस्टम ल्याउदै ओपनएआई

काठमाडौँ । ओपनएआईले अब च्याटजिपिटीलाई केवल मोबाइल एपमा मात्र सीमित गर्न चाहँदैन । कम्पनीले यसलाई अपरेटिङ सिस्टम (ओएस) बनाउने योजना बनाइरहेको खुलेको छ । सरल भाषामा भन्नुपर्दा, भविष्यमा, तपाईंले विभिन्न कार्यहरूको लागि १० फरक एपहरू खोल्नु नपर्ने हुन सक्छ । च्याटजिपिटी  तपाईंको मुख्य प्रणाली बन्नेछ । यो योजना कार्यान्वयन गर्न, ओपनएआईले ग्लेन कोट्सलाई एप प्लेटफर्मको प्रमुखको रूपमा नियुक्त गरेको छ । ग्लेनको मुख्य काम च्याटजिपिटीलाई ओएसमा रूपान्तरण गर्नु हो । जसरी हाम्रो फोनमा एन्ड्रोइड वा आइओएस छ र हाम्रो ल्यापटप- डेस्कटपमा विन्डोज छ, त्यसरी नै ओएस मुख्य सफ्टवेयर हो। यसले हाम्रा उपकरण (हार्डवेयर) र एपहरू चलाउँछ । यो बिना, हामी…
Read More
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि सात उम्मेदवारको अन्तर्वार्ता हुने

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि सात उम्मेदवारको अन्तर्वार्ता हुने

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार छनोट तथा सिफारिस समितिले सात जनालाई छनौट गरेको छ । समितिले सात उम्मेदवारको सङ्क्षिप्त सूचि प्रकाशित गर्दै आफूले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र लगायतका सक्कलै कागजातहरूसहित प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ । समितले खेमराज जोशी, गोविन्द सिंह विष्ट, डबल बहादुर धामी, डमरु प्रसाद पनेरु, पदमराज जोशी, भिमबहादुर चन्द र शिवप्रसाद सापकोटालाई छनौट गएको छ । समितले छनौट भएका उम्मेदवारको  प्रस्तुतीकरण र अन्तर्वार्ता पौष ८ गते मङ्गलवार सिंहदरबारस्थित शिक्षामन्त्रालयमा बिहान ९ बजेदेखि हुने जानकारी दिएको छ ।
Read More
राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र केन्द्र तोकियो

राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र केन्द्र तोकियो

काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधबार सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको हो । आयोगले कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली…
Read More