जुम्ला - जुम्लामा खाना पकाउनकाे लागि दाउराकाे प्रयाेग हुने गरेकाेमा अहिले पछिल्लाे समयमा गाउँगाउँमा ग्यास चुल्हाेकाे प्रयाेग हुन थालेकाे छ । महिलाहरुले जगलबाट दाउरा सकलन गर्ने डाेकाेमा अहिले बजारबाट ग्यास सिलिन्डर वाेक्न थालेका छन् ।
काठमाडौँ । कहिलेकाहीँ यो विश्वास गर्न गाह्रो हुन्छ, तर संसारका सबै कुकुरहरूका पुर्खाहरू ब्वाँसा हुन् । यसको अर्थ तिनीहरू धेरै पहिले ब्वाँसाबाट विकसित भएका हुन् । संसारको सबैभन्दा सानो चिहुआहुआ होस् वा ठूलो कुकुर, तिनीहरूका पुर्खाहरू अब पृथ्वीमा छैनन् । तिनीहरूको नजिकको नातेदार खैरो ब्वाँसो हो । यो अझै पनि जंगलमा बस्छ र धेरै शक्तिशाली शिकारी मानिन्छ । तर प्रश्न ब्वाँसाहरू कहिलेदेखि हाम्रो नजिक बस्न थाले भन्ने रहेको र कुकुरहरूले संसारभरका मानिसहरूको हृदयमा किन यति विशेष स्थान राख्छन् ? भन्ने प्रश्न पनि उत्तिकै जायज छ । कुकुरहरूलाई मानिसहरूले घरपालुवा बनाएको पहिलो जनावर मानिन्छ । २०१७ मा, एक प्राचीन कुकुरको डीएनएको…
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ । समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई शुक्रबार निर्देशन दिएको हो । निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक दलले प्रत्यक्षतर्फ उमेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उमेदवारको प्रतिनिधित्व सुनिश्चित गर्न भनेको छ । आयोगको निर्देशन: १- नेपालको संविधानको धारा ३८ को उपधारा (४) तथा धारा ४२ को उपधारा (१)…
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । महाराजगञ्जस्थित देउवा निवासमा शुक्रबार भेट भएको हो । भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि दुवै नेताबीच पहिलो पटक भेट भएको हो ।
काठमाडौँ । शिक्षामन्त्री महाबीर पुनले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा दुई पटक सूचना प्रकाशित गरेर दरखास्त आव्हान गर्दा पनि कसैले आवेदन नदिएको बताएका छन् । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मंसिर ५ गतेसम्म बढाएको थियो । तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन । मन्त्री पुनले दुई पटक सूचना प्रकाशित गर्दा पनि कसैले इच्छा नदेखाएको भन्दै मातृभुमीलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भै १० वर्ष काम गरेको नेपाल आमाको कोहि इच्छुक देशभक्त सन्तान भएमा…