खोज्नुहोस

Blog

बालुवाटारको सर्वपक्षीय बैठकमा को को उपस्थित छन् ?

बालुवाटारको सर्वपक्षीय बैठकमा को को उपस्थित छन् ?

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि बोलाएको सर्वपक्षीय बैठक शुरु भएको छ । प्रधानमन्त्री कार्कीले बोलाएको बैठक बालुवाटारमा प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरुको उपस्थितिमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ । बालुवाटार बैठकमा निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर, आयुक्त सगुनशमशेर राणा, सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसी सहभागी रहेका छन् ।  त्यस्तै राजनीतिक दलहरूबाट नेपाली कांग्रेसका गगन थापा र पुष्पा भुसाल, नेकपा एमालेबाट शंकर…
Read More
गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेर निर्माण कार्य शुरु भएको हो । बस्नेतकै अगुवाईमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु गरिएको छ । यसअघि भक्तपुरको बालकोटमा रहेको ओलीको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको थियो । जेनजी आन्दोलनपछि ओली गुण्डुमै बस्दै आएका छन् ।  
Read More
समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीज्यू आज ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औं राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिसम्बन्धी कार्यक्रममा सहभागी भएकी छन् । काठमाडौँको वसन्तुपरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा उनले विशेष सम्बोधन गर्दै यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस भएको र  यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा योमरी पुन्हिको महत्त्वलाई सम्झाउने बताएकी छन् । उनले भनिन्- 'उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ । यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी…
Read More
मुगुम कार्माराङमा प्रमुख प्रशासकिय अधिकृत नहुँदा सेवा प्रवाहमा कठिनाई

मुगुम कार्माराङमा प्रमुख प्रशासकिय अधिकृत नहुँदा सेवा प्रवाहमा कठिनाई

मुगु-जिल्ला स्थित मुगुम कार्मारोङ गाउपालिकामा प्रमुख लामो समय देखि प्रशासकिय अधिकृत नहुदा सेवा प्रबाह ठप्प भएको छ । गाउपालिका अध्यक्ष छिरिड.क्याप्ने लामाको अनुसार गत साउन महिना सम्म निमित्तको रुपमा शुवास चन्द रावलले कामकाज गर्दै आएको भदौ १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिनियर प्रमुख प्रशासकिय अधिकृत भीम बहादुर शाहीलाई सरुवा गरि यहा“ पठाए पनि उनी हाजिर नभएको बताए । दोश्रो पटक फेरि कार्तिक ५ गते मन्त्रालय बाट प्रमुख प्रशासकियमा नैनसिह बुढालाई खटए पनि उनले मुटु रोगको समस्याका कारण हिमाली भेगमा काम गर्न नसक्ने असमर्थ मौखिम खबर गरेपछि यो पालिका ५ महिना देखि प्रमुख प्रशासकिय अधिकृत बिहिन हुदा सम्पूर्ण…
Read More
फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को आजदेखि प्रदर्शनमा

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को आजदेखि प्रदर्शनमा

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आजदेखि प्रदर्शनमा आएको छ । यस फिल्मले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो सिनेमालाई आफ्नो काठमाडौंका आउटलेटमा ११ शो उपलब्ध गराएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्ना पाँचवटा चेनमा ११ शो दिएको छ । वान सिनेमाजले दुईवटा आउटलेटमा ६ वटा शो उपलब्ध गराएको छ । विग मुभिजले २, एफक्युबले २ शो दिएको छ । अन्य सिनेमा हलले पनि यस्तै अनुपातमा शो उपलब्ध गराएका छन् । सोमबार भएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको खुलेर तारिफ…
Read More