खोज्नुहोस

Blog

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा 'मेरो महान कथा: संस्कृति र विकास' भन्ने रहेको छ ।  यस नाराले मानव गतिशीलताले कसरी विकासलाई अगाडि बढाउँछ, समाजलाई समृद्ध बनाउँछ र समुदायहरूलाई एकअर्कालाई जोड्न, अनुकूलन गर्न र समर्थन गर्न मद्दत गर्छ भन्ने कुरा प्रकाश पार्छ । हाल बसाइँसराइले अर्थतन्त्र, समुदाय र विश्वव्यापी विकासलाई आकार दिइरहेको हुनाले यो सन्देश पहिलेभन्दा…
Read More
काँग्रेस जुम्लाबाट प्रतिनिधि सभामा ४ जना सहित २२ उम्मेदवारको नाम सिफारिस

काँग्रेस जुम्लाबाट प्रतिनिधि सभामा ४ जना सहित २२ उम्मेदवारको नाम सिफारिस

जुम्ला । नेपाली काँग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्टि्य सभाका उम्मेदवार सिफारिस टुग्याएको छ ।  एकल उम्मेदवार सिफारिस गर्ने प्रयास गरेको जुम्लाले अन्नत: आकांक्षी सबैको नाम सिफारिस गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेस जुम्लाले चार जना उम्मेदवारको नाम सिफारिस गरी पठाएको छ । जसमा नेपाली काँग्रेसका जुम्ला सभापति कर्ण बहादुर शाही, पूर्वसांसद कान्तिका सेजुवाल, खड्क बहादुर सेजुवाल र पूर्ण प्रसाद आर्चायलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ । मंसिर २४ गतेदेखि निरन्तर पाटीको छलफल तथा बैंठक बसेपनि कुनै एक जनालाई मात्र सिफारिस गर्न नसकेपछि अन्तिममा आकांक्षी सबै जनाको नाम…
Read More
जाडोको असर : आगो बालेर पढदै मुगुम कार्मारोङका विद्यार्थी

जाडोको असर : आगो बालेर पढदै मुगुम कार्मारोङका विद्यार्थी

मुगु —मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु गाउ  स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पढने बिधार्थीहरु अत्याधिक जाडोले आगो बालेर बढन थालेका छन । मुगुम कार्मारोङ गाउपालिका क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षा कोठाभित्र बस्न नसकी खुला चौरमै आगो बालेर र अध्ययन गर्नु पर्ने अबस्था आएको छ । कार्मारोङ गाउपालिकाको पुलू, किम्री, ताखा। खारी, रिउस, पुवा, दाउरा लगायत बस्तीमा अध्याधिक जाडो बढेपछि बिधार्थीहरु दिउसै आगो बालेर पढने गरेका छन ।उक्त क्षेत्रमा हिमपात र बर्षा नभएपनि सुक्खा जाडोले जनजीवन प्रभावित बनाएको छ । धारा खोलानालामा बगर जमेको छ । जाडोले तिब्बत सिमा क्षेत्र संग जोडिएको मुगु गाउका स्थानीय बाहिरिएका छन । विद्यालय रहेको भौगोलिक…
Read More
१० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौं- मन्त्री घिसिङ

१० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौं- मन्त्री घिसिङ

टीकापुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताएका छन् । कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल विद्युत प्राधिकरणमार्फत तयार पार्न लागिएको उल्लेख गरे । विगतमा सन् २००१ भित्र निर्माण सम्पन्ने गर्ने गरी सम्भाव्यता भएको तर आयोजना अगाडि बढ्न नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले मुलकको समृद्धिसँग जोडिएका कर्णाली चिसापानीजस्ता मेगा परियोजना अगाडि बढाउनु पर्ने र उक्त आयोजनालाई दक्षिण एशियाली…
Read More
सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ । सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका  सञ्चारमन्त्री  प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । सञ्चारमन्त्री खरेलले भने- 'सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।' अभियानका केन्द्रीय प्रेमदिप लिम्बुले वार्तामा सकारात्मक र सौहार्दपूर्ण वातावरण कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र…
Read More