खोज्नुहोस

Blog

आज उधौली पर्व, किरात समुदायले मनाउदै

आज उधौली पर्व, किरात समुदायले मनाउदै

काठमाडौँ । आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउछन् । किरात समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा…
Read More
नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै

नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् य:मरी पुन्ही मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हीको अर्थ पूर्णिमा हो । अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नव अन्नप्राशनका रूपमा समेत मनाउने…
Read More
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीलाई बुधबार पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितताको आरोपमा अधिकारीलाई पक्राउ गरिएको छ । अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको उजुरी परेपछि छानबिन शुरु भएको थियो ।  
Read More
कर्णालीका माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले दिए राजीनामा

कर्णालीका माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले दिए राजीनामा

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । शर्माले राजीनामा पत्रमा लेखेका छन्- 'उपरोक्त सम्बन्धमा म, राजकुमार शर्मा, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।' प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएपछि माओवादी केन्द्रको संसदीय दलको नेताबाट राजीनामा दिएको बुझिएको छ ।
Read More
पर्यटन प्रवर्द्धनका लागि नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता

पर्यटन प्रवर्द्धनका लागि नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता

काठमाडौँ । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धन तथा हवाई सेवामा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र नेपाल पर्यटन बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका छन् । निगमको केन्द्रीय कार्यालय,न्युरोडमा आयोजित विशेष समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो । यस अवसरमा दुवै पक्षबाट पर्यटन र हवाई सेवालाई राष्ट्रिय विकासको महत्वपूर्ण आधार मान्दै सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । दुवै पक्षवाट पर्यटन र…
Read More