काठमाडौँ । आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाइदैछ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । यस बर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा 'सामाजिक प्रगतिलाई अगाडि बढाउन अपाङ्गता समावेशी समाजहरूलाई प्रवर्द्धन गर्ने' भन्ने रहेको छ । यस विषयवस्तुको अर्थ समाजलाई न्यायपूर्ण बनाउन र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सम्मान गर्न हामी सबै मिलेर काम गर्नु आवश्यक रहेको छ भन्ने हो । संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरूले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई…
काठमाडौँ । आज विश्व एड्स दिवस मनाइदैछ । आज ३८औं विश्व एड्स दिवस अवोरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने नाराका साथ मनाइदै छ । यो दिवस हरेक बर्ष डिसेम्बर १ मा मनाइने गरिन्छ । यस वर्षको नाराले हालका चुनौतीहरूको बीचमा पनि एचआईभी/एड्स विरुद्धको प्रतिबद्धता अझ बलियो रहनुपर्ने सन्देश दिन्छ। एचआईभी निर्मुल गर्ने अभियानमा आएका अवरोधहरूलाई अवसरमा बदल्दै, समुदाय-केंद्रित प्रयास, समान पहुँच, मानवअधिकार र नवीन समाधानमार्फत एड्स-मुक्त भविष्यतर्फ अघि बढ्न सबैलाई एकसाथ हातेमालो गर्न यो वर्षको नाराले आह्वान गरेको छ । सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको छ । सरकारी तथ्यांक…
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज दिउसो २ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक अहिलेसम्म अनिर्णित रहेको छ र पटक पटक बैठक सरिरहेको थियो । हाल सभापति शेरबहादुर देउवाले आफ्नो सक्रियता बढाएपछि कांग्रेसको पुस मसान्तमा नियमित महाधिवेशन गर्ने सहमति भएको र आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेश हुनसक्ने बताइएको छ ।
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार सिइओ शेरचनलाई पक्राउ गरेको हो । राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको र सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरुपयोग गरेको कसूरमा प्रहरीले उनलाई पक्राउ गरेको हो। शेरचनसँगै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पनि पक्राउ गरेको व्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पोखरा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् । पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताए । प्रचण्डले एमाले र कांग्रेसका “दुई तिहाइबाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे । उनले भने- 'हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ।सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौ । तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्ने पनि दिइएन।हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न…