खोज्नुहोस

Blog

यी हुन् गैरआवासीय नेपाली संघको विवाद अन्त्य गर्न भएका सहमतिका १० बुँदा

यी हुन् गैरआवासीय नेपाली संघको विवाद अन्त्य गर्न भएका सहमतिका १० बुँदा

काठमाडौं । गैरआवासीय नेपाली संघमा जारी रहेको विवाद अन्त्य गर्न सहमति भएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र बद्री केसीले एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेसँगै लामो समयदेखि जारी विवाद अन्त्य भएको दाबी गरिएको हो । दुवै पक्षबीच आगामी वैशाख ४ गतेसम्म १२औं महाधिवेशन गर्ने र संघको अलग-अलग समूहको नेतृत्व गरेका बद्री केसी र महेशकुमार श्रेष्ठ पक्षले विवादलाई थाँती राखेर एकले अर्कालाई स्वीकार गर्न सहमत भएका छन् । सहमतिका बुँदा १- मिति २०२३ अक्टोबर १७–२० मा सम्पन्न एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री के.सी.को नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने। त्यसैगरी संघका पूर्व अध्यक्ष डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय…
Read More
एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच दिउसो ३: ३० बजेदेखि खेल हुदैछ । जारी एनपीएलमा कर्णाली याक्सले ४ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै काठमाडौँ गोर्खाजले ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ । सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् । त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की,…
Read More
रास्वपा र विवेकशील साझाबीच आज एकता हुदै

रास्वपा र विवेकशील साझाबीच आज एकता हुदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता हुदैछ । रास्वपा र विवेकशील साझाबीच आज दिउसो २ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा एकताको घोषणा हुने कार्यक्रम रहेको छ । शुक्रबार राती बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो भने विवेकशील साझाले गत बुधबारको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो ।  
Read More
हाम्रो ध्यान एमाले तिर छ- प्रचण्ड

हाम्रो ध्यान एमाले तिर छ- प्रचण्ड

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका छन् । धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले  आफुहरुको ध्यान एमालेतर्फ पनि भएको भन्दै एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका हुन् । आफुहरुले पार्टीको नाम राख्दा पनि धेरै बिचार गरेर बनाएको भन्दै अब यसमा पुच्छर झुण्डाउन आवश्यक नरहेको बताए । प्रचण्डले भने-  हाम्रो ध्यान एमाले तिर पनि त्यतिकै छ । एमालेभित्रका सबै देशभक्त सबै बामपन्थी क्रान्तिकारीहरु यहि नेपाली कम्युनिष्ट पार्टी भित्र एकताबद्ध हुनुपर्छ भन्ने ठानेका छौं ।' प्रचण्डले एमाले भित्र रहेका सबै क्रान्त्रिकारीहरुलाई गम्भीर रुपमा विचार…
Read More
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सम्पन्न, ४० करोड ४७ बजेट स्वीकृत

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सम्पन्न, ४० करोड ४७ बजेट स्वीकृत

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९औं प्राज्ञ सभा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता सम्पन्न भएको छ । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति महावीर पुनको उपस्थिति रहेको थियो । सभाले प्रतिष्ठानको आ.व. २०८१/०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ । यस्तै सभाले आ. व. २०८२/०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरु पनि स्वीकृत गरेको छ। सभाले नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ३४ करोड ९४ लाख, पूँजीगततर्फ २ करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट २ करोड २४ लाख ९५ हजार गरी कूल…
Read More