खोज्नुहोस

Blog

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरी सर्यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरी सर्यो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि सरेको जानकारी दिएका हुन् । यसअघि विहिबार बस्ने भनिएको बैठक आज शुक्रबार दिउसो २ बस्ने भनिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब आइतबार २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पौडेलले जानकारी दिएका छन् । यसअघि गत शनिबार बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेपनि महाधिवेशन बारेको विवाद कायम रहेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत…
Read More
निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ को घोषणा

निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ को घोषणा

काठमाडौं । निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् । चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् । सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्र कहिले रिलिज गर्ने त्यो पनि निर्देशक पौडेलले प्रष्ट पारेका छैनन्…
Read More
मुगु गाउँमा बन्यो चिटिम शैलीको अनौठो पुल

मुगु गाउँमा बन्यो चिटिम शैलीको अनौठो पुल

मुगु—मुगु कार्मारोङ गाउँपालिका–२ मुगुम गाउँमा चिटिम शैलीको पुल निर्माण गरिएको छ । समुद्री सतह देखि करिव ३३ सय मिटर उचाईमा रहेको तिब्बत सिमा क्षेत्र संग जोडिएको मुगु गाउँमा चिटिम शैली पुल निर्माणले समुदाय निकै हर्षित भएका छन । रिकिका ब्रकनर लामा ठिन्ले कारुन फाउण्डेसनका अध्यक्ष ठिन्ले लामाको ४१ लाख ६७ हजार ७ सय लगानीमा बौध धार्मिक कलात्मक  शैलीको अनौठो  पुल निर्माण गरिएको छ । चिटिम शैलीको यो पुल भौतिक संरचना मात्र नभई लोपहुदै गएका पुख्र्यौली सांस्कृतिक धरोहरलाई पुर्नजीवितगर्न अनौठो पुल बनेको स्थानीय लामा समुदायको भनाई छ । उक्त पुल निर्माण गर्न लामा समुदायले आफनो सिप प्रबिधिको प्रयोग गरेका छन ।…
Read More
सरकार निर्वाचनतर्फ अग्रसर छैन- महासचिव पोखरेल

सरकार निर्वाचनतर्फ अग्रसर छैन- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेक महासचिव शंकर पोखरेलले सरकार निर्वाचनतर्फ अग्रसर नभएको आरोप लगाएका छन् । महासचिव पोखरेलले वर्तमान सरकार निर्वाचनतर्फ अग्रसर नभएको र निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत नदेखिएको टिप्पणी गरेका छन् । उनले बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिएको बताएका छन् । उनले एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको उल्लेख गर्दै केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार निर्वाचन आयोगमा दल दर्ता गरेको स्पष्ट गरेका हुन् । पोखरेलले सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट भएको र यसको संवैधानिक परीक्षण सर्वोच्च…
Read More
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेबाट सर्वोच्चमा निवेदन

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेबाट सर्वोच्चमा निवेदन

काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । एमालेका तर्फबाट महेश बर्तौला र सुनिता बरालले सर्वोच्चमा रिट पेश गरेका हुन् । विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलले बर्तौला र बराललाई सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी प्रदान गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै १७ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् ।  
Read More