काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ। उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण पनि गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो। समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो । समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो। यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते…
मुगु—नेपाली कांग्रेस मुगुले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्ला बाट पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहित ७ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।बुधबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ कांग्रेस सभापति एवम निर्बतमान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र पूर्ब पार्टी सभापति खडकबहादुर शाही र महिला तर्फ रमाइली रावलको नाम सिफारिस गरिएको छ ।त्यस गरि समानुपातिक तर्फ कालोपोथी फिल्मका निर्देशक मीन भाम, भिम तिरुवा र केशरकला मल्लको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा तर्फ कांग्रेस नेता तथा पूर्ब शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको…
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा संयोजक र सदस्यहरु मनोनयन गरेको छ । कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता नयाँ र नवीकरणको अन्तिम सूची तयार गर्नका लागि गठित क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनित गरेका छन् । त्यस्तै समितिको सदस्यहरुमा शिवप्रसाद हुमागाँइ, प्रा. डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार विक मनोनित भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता…
काठमाडौँ । आज अन्तराष्ट्रिय पर्वतीय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँदै आइएको छ । दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने यो दिवस विश्वसामु यी महत्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान गर्ने दिन पनि हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा 'पानी, खाना र जीविकोपार्जनको हिमनदी पहाड महत्त्वपूर्ण छन्' भन्ने रहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको…
काठमाडौँ । जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा एक समारोहबीच हस्ताक्षर सम्पन्न भएको हो । सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गरेका थिए । साथै अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा वि.सं. २०८२ साल भाद्र २३ र २४ गते भएको राजनीतिक-सामाजिक जनआन्दोलन निम्त्याएको वास्तविकतालाई स्वीकार गर्दै, जनआन्दोलनका क्रममा…