कालीकोट — कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नै भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ। तीन वर्ष लगाएर बनाएको २१ कोठे नयाँ प्रशासनिक भवनको सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औपचारिकरुपमा उद्घाटन गरे। भवन निर्माणका लागि सान्नीत्रिवेणी–६ मेहेलमुडीका ३१ जना स्थानीयले पालिकाको भवनका लागि ८ हजार वर्गमिटर जग्गा निःशुल्क दिएका थिए। त्यसपछि ०७९ साउनमा ठेक्का सम्झौता भएको थियो। मुख्यमन्त्री कँडेलले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउन एउटै थलोबाट नागरिकलाई सेवा दिने गुणस्तरीय भवन बनेकोप्रति सान्नीत्रिवेणीवासीलाई बधाई दिए। ‘भौतिक संरचना बन्नु मात्र ठूलो कुरा होइन, यसको संरक्षणमा पनि त्यत्तिकै चनाखो हुनुपर्छ,' उनले भने। भवनमा सभा हलसहित ३ तले २२ कोठे गाउँपालिकाको भवन निर्माणका लागि कूल…
काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज नेपालले साउदी अरेबियासँग खेल्ने तालिका रहेको छ । एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगिता अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ । क्यानले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिम यो प्रतियोगिता खेल्न युएई पठाएको छ । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् । नोभेम्बर २१ देखि डिसेम्बर १ सम्म हुने यू-१९ प्रिमियर कपमा नेपाल समुह ए मा हङकङ…
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा…
काठमाडौँ । आज २५ नोभेम्बर अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । यस दिवसलाई नेपालमा पनि सोह्रदिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ । शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अन्य महिला हिंसाका अनेकन रूप छन् । प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न…
जनकपुरधाम । मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ । साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मुख्य दिन स्वयम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको छ ।