खोज्नुहोस

Blog

काठमाण्डौ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह सम्पन्न

धुलिखेल । काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालय (केयू) मा आज ३१औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । पहिलो चरणमा कुल २ हजार २०९ विद्यार्थी दीक्षित भएका छन्, जस मध्ये १७ देशका १९६ विदेशी विद्यार्थी पनि रहेका छन् । समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सञ्चालन भएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन पनि कार्यक्रममा सहभागी भएका थिए । नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालय (जेएनयू) का उपकुलपति प्राध्यापक धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा दीक्षान्त समारोहमा उपस्थित रहेका थिए । यस वर्ष केयूका स्कुल अफ आर्ट्स, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्सबाट गरी जम्मा २ हजार २०९ विद्यार्थी…
Read More
एनपीएलको पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

एनपीएलको पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो क्वालिफायर खेल हुदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शिर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सवीच दिउसो ४ बजेदेखि शुरु हुदैछ । लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो । त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो । यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको…
Read More
सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घटायो

सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घटायो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो । अघिल्लो बर्ष सरकारले प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो । यसबर्ष सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ घटाएको छ । सरकारले उखुको समर्थन मुल्य २०८०-८१ मा ६३५, २०७९-८० मा ६१०, २०७८-७९ मा ५९० तोकेको थियो । कृषि मन्त्रालयका अनुसार हाल देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । त्यस्तै सरकारले उखु किसानलाई दिने अनुदान रकम ७० कायम गरिएको छ । अघिल्लो बर्षपनि अनुदान रकम यति नै रहेको थियो ।…
Read More
आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौँ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइदै छ । यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको विषयवस्तु, 'युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँ: भोलीको इमान्दार समाज निर्माण गरौँ' भन्ने रहेको छ । यसले निष्पक्ष, पारदर्शी समाज निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । भ्रष्टाचार अन्त्यका लागि यो दिवस मनाइने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन…
Read More
राप्रपाले आज रत्नपार्कमा जनप्रदर्शन र बृहत सभा आयोजना गर्दै

राप्रपाले आज रत्नपार्कमा जनप्रदर्शन र बृहत सभा आयोजना गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज जनप्रदर्शन र बृहत सभा आयोजना गर्न लागेको छ । राप्रपाले आज बिहान ११ बजेदेखि काठमाडौँको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गर्न लागेको हो । राप्रपाले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । त्यस्तै राप्रपाले अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको उनले बताएका छन् ।…
Read More