खोज्नुहोस

Blog

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ । जनकपुर बोल्ट्सले यसअघि खेलेको पहिलो खेलमा हार बेहोरेको छ भने विराटनगर किंग्सले लगातार २ खेलमा जित हासिल गरेर प्रतियोगिताको शानदार शुरुवात गरेको छ । त्यस्तौ सुदूरपश्चिम रोयल्सले आफ्ना शुरुका दुवै खेल जितेर प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कर्णाली याक्सले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
Read More
लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ- महेश बस्नेत

लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले विराटनगर विमानस्थल नजिक जेनजी युवाहरूले रातो रङ छ्यापेर आक्रमण प्रयासको निन्दा गरेका छन् । युवा संघको कोशी प्रदेश जागरण सभामा सहभागी हुन इटहरी जाँदै गर्दा यो घटना भएको थियो । नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्दै विराटनगर विमानस्थलमा गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको उल्लेख गर्दै लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने बताएका छन् । उनले शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार भएको भन्दै आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने बताएका छन् । उनले भनेका छन्: विराटनगर विमानस्थलमा हामीमाथि अप्रित कुवँर र सञ्जोग गौतम बाट…
Read More
शान्ति सुरक्षासंगै सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउने जुम्लाका प्रजिअकाे प्रतिवद्धता 

शान्ति सुरक्षासंगै सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउने जुम्लाका प्रजिअकाे प्रतिवद्धता 

जुम्ला - जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले प्रशासन लगायत सरकारी कार्यालयका सेवालाई छिटो छरितो र सरल बनाउन पहल चाल्ने बताए । प्रजिअ पौडेलले पत्रकार संग छलफल गर्दै सरकारी कार्यालयका सेवा एकै दिनमा पाउने र एकै कामका लागि धेरै दिन धाउनु पर्ने समस्याको अन्त्य गर्ने गरि काम अघि बढाउने वताएका छन् । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएकाे सेवाहरु  नागरिकता, राष्टिय परिचयपत्र, अन्य सिफारिस लगायतका सेवाहरुलाई छिटो छरितो बनाउनका साथै जुम्लाको शान्ति सुरक्षा अमन चयन, सुशासन, विकास निर्माण लगायतका पक्षमा सुक्ष्म रुपमा काम गर्ने बनाईने प्रतिबद्वता व्यक्त गरेका छन्  ।  
Read More
उपभोक्ता समितिका पदाधिकारीलाई क्षमता बिकास तालिम दिदै तातोपानी

उपभोक्ता समितिका पदाधिकारीलाई क्षमता बिकास तालिम दिदै तातोपानी

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता बिकास तालिम संचालन गरिएको छ। पालिकामा हुने बिकास निर्माणका योजनाहरुमा कानुनी प्रक्रिया अनुसार उपभोक्ता समितिले चाहिले कागजात पुर्याउन नसक्ने जस्ता समस्या हुने भएको हुदा समाधानको लागि उक्त तालिम संचालन गरिएको पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए । उपभोक्ता समितिका पदाधिकारी लाई कानुनी सचेतिकरण गर्ने जुम्लाको पहिलो पालिका भएको अध्यक्ष चौलागाईंलेको भनाइ छ। गत बर्ष योजना अनुगमन गर्ने क्रममा थुप्रै कानुनी समस्याहरुले गर्दा उपभोक्ताले दु:ख भोग्नु परेको गुनासो आए पछि यो बर्ष देखि काममा सहज ल्याउन पालिकाले तालिम संचालन गरेको अनुगमन संयोजक तथा पालिका उपाध्यक्ष रेवती रावलले बताइन् । उपभोक्ता , प्राविधिक…
Read More
प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुदै

प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुदै

काठमाडौँ । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरुले आज नयाँ दल घोषणा गर्दैछन् । बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारलगायत मिलेर गठन हुन लागेको प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुन लागेको हो । पार्टी अध्यक्ष परिषद बनाएर नेतृत्व चयन गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् । पाँच जनासम्मको अध्यक्ष परिषद र एक संरक्षक बनाउने मोटामोटी सहमति भएको छ । त्यस्तै १५१ सदस्यीय केन्द्रीय समित बनाउने तयारी भएको छ । बृहत एकता घोषणा सभा नाम दिइएको कायर्क्रम…
Read More