काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले धेरै नयाँ दल खुलेको भन्दै बृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री पुनले १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रहेको उल्लेख गर्दै आफुलाई पुर्ने खाल्डो आफै खन्दै गरेको टिप्पणी गरेका छन् । धेरै दल खुलेकोमा असन्तुष्टि व्यक्त गर्दै पुनले जेनजी आन्दोलनको लक्ष्य तुहिएर जाने र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्याउने बताएका छन् । उनले भनेका छन्: हेर्नुहोस १२३ दल दर्ता भैसके…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुदैछ । क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेल्दैछन् । किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ । यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ । आठ फ्रेन्चाइजीका खेलाडीको सूची यस्तो छ: चितवन राइनोज कुशल मल्ल (कप्तान), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा, गौतम केसी, देव खनाल, अर्जुन साउद विपिन रावल, विपिन आचार्य, रन्जीत कुमार, सौगात ढकाल, रवि भोपारा, सोहेल तनवीर,…
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम प्रकाशित गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको हो । निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता माघ ६ गते तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ । त्यस्तै माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ…
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितीमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे वृहत छलफल गरेको छ । जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधी सहित छलफल भएको थियो । कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री खनाल समक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुरक्षा, कर सम्वन्धी व्यवस्था, पुँजीगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषय समावेश गरेर विभिन्न सुझाव प्रस्तुत गरेका थिए । अध्यक्ष अग्रवालले लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताए- 'जसरी…
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसमेत ४ जना र सान्दर्भिक मिडिया नेटवर्कविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले डिभिजनको विज्ञापन प्रकाशित गर्दा मिलोमतोमा लुकाएर अनिमियता गरेको भन्दै डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशनका बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले उनीहरुविरुद्ध ३ लाख १६ हजार ५७० बिगो तोकेर कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।