काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल चितवन राइनोज र कर्णाली याक्स बीच हुदैछ । यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ । कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् । त्यस्तै सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन्…
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई गएराती भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सोमबार मात्र प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको विषयमा पत्रकार सम्मेलन गरेर भिडियो सार्बजनिक गरेका थिए । उनले गृहमन्त्री ओम प्रकाश अर्यालको आन्दोलनको भूमिकाका बारेमा समेत कैयौं आरोप लगाएका थिए । उनले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका थिए ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देशैभर गर्ने एकता सन्देश सभाको तालिका सार्बजनिक गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको थियो । जस अनुसार नेपाली कम्युनिष्ट पार्टीले मङ्सिर १२ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा मङ्सिर १३ गते लुम्बिनी प्रदेशको दाङ देउखुरी, मङ्सिर १४ गते गण्डकी प्रदेशको पोखरा, मङ्सिर १५ गते कोशी प्रदेशको विराटनगर, मङ्सिर १८ गते उपत्यका बिशेष प्रदेशको काठमाडौं (हलमा), मङ्सिर १८ गते नै कर्णाली प्रदेशको सुर्खेतमा मङ्सिर १९ गते संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौं (हलमा ), मङ्सिर २० गते मधेश प्रदेशको…
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नागरिक समाजका अगुवाहरूलाई छलफल गरेकी छन् । सोमबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूबीच अविश्वास बढेको र निष्पक्ष आवाजले समाजलाई जोड्ने सेतुको रूपमा नागरिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । उनले अहिले सरकार मुख्यतः तीनवटा मोर्चा संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टिमा सङ्घर्ष गरिरहेको बताएकी छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा मात्र नभएर यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको बताएकी छन् । उनले केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै, नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा…
मुगु —हिमाली जिल्ला मुगु उत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको दुई सामुदायिक विद्यालयमा पढने १ सय ९० विद्यार्थीलाई निशुल्क स्टेशनरी सामग्री उपलब्ध गराइएको छ । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा १ सय ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । उक्त गाउपालिकाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पापुका ८५ विद्यार्थी तथा नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छाइलका १ सय ५ जना विद्यार्थीलाई ५ कापी सहित डट–पेन, पेन्सिल, कटर र इरेजर प्रदान गरिएको अक्कल कोपिला फाउन्डेसनले जनाएको छ ।दुर्गम भेगका विद्यार्थीको पढाइमा सजिलो हो भन्ने हेतुले निशुल्क शैक्षिक सामाग्री वितरण गरेको अक्कल कोपिला फाउन्डेसन जानकारी दिएको छ ।