खोज्नुहोस

Blog

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन् । पक्राउ मध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रूपैयाँ र आशिषले ११ लाख ५० हजार रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट आदर्शलाई आइतबार र आशिषलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला…
Read More
प्रतिनिधिसभा पुनःस्थापनाको कानुनी उपचार खोज्छौं- ओली

प्रतिनिधिसभा पुनःस्थापनाको कानुनी उपचार खोज्छौं- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कानुनी उपचार खोज्ने बताएका छन् । मंगलबार पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दै आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताएका हुन् । ओलीले आफुले पटक-पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्‍याए । उनले वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्ने नसक्ने भन्दै वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने जिकिर समेत गरे । सरकार…
Read More
हिमाको सार्वजनिक सुनुवाई सम्पन्न

हिमाको सार्वजनिक सुनुवाई सम्पन्न

जुम्ला ।   जुम्लाको हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार हिमाको गत आ.व २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले वार्षिक भौतिक तथा वित्तिय प्रगति प्रस्तुत गरेका थिए ।  गत आवमा विकास निर्माण, कृषि, पर्यटन, खानेपानी, सिँचाई, विधालय, सडक, भवन लगायतका पूर्वाधार निर्माण तथा चालु तर्फका जनचेतनात्मक तथा उत्पादनमुलक गरी ६१ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताए । उनका अनुसार चालु तथा पुँजिगत तर्फका ६१ वटा योजना र कार्यक्रम सम्पन्न हुँदा ७ करोड २१ लाख ७ हजार ४६३…
Read More
यस पटक हामी झुक्दैनौं- गगन थापा

यस पटक हामी झुक्दैनौं- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यस पटक नझुक्ने बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टीमा रिफर्म गर्ने की नगर्ने भन्ने दुई पक्षीय विचारको द्वन्द भएको बताउदै आफुहरु यस पटक नझुक्ने र नझुक्किने स्पष्ट गरेका छन् । महामन्त्री थापाले आफुहरु चुनावमा जानुभन्दा अगाडी पार्टीमा रिफर्म हुनुपर्ने अडानमा रहेको भन्दै देशभरका नेता कार्यकर्तालाई नआत्तिन र संगठनको काममा निरन्तर लाग्न आग्रह गरेका छन् । महामन्त्री थापाले भनेका छन्- 'पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। जेनजी आन्दोलनपछि परिस्थिति फरक…
Read More
जेनजी आन्दोलनका घाइतेलाई तत्काल जनही १५ हजार दिने सरकारको निर्णय

जेनजी आन्दोलनका घाइतेलाई तत्काल जनही १५ हजार दिने सरकारको निर्णय

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार राहत दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई १५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्न आवश्यक अध्ययनगरी सुझाव…
Read More