काठमाडौँ । पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको पशुपतिमा भीड लागेको थियो । आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्लेषमान्तक वन, १०८ शिवलिंग, कैलाशडाँडा, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताएका थिए । बुधबार बिहानैदेखि पशुपतिनाथसहित देशभरका…
जुम्ला- जुम्लामा चौधौ राष्टि्य कर दिवस २०८२ का अबसरमा तिन जना उत्कृष्ट करदाता सम्मानित भएका छन्। जुम्लाका कैलाश जनरल स्टोरका संचालक देउऋषि चौलागाँई, हिमालचुलि कृषि सहकारी संस्था कालिकोट र रविचक्र/बिफोर जेभी मुगु सम्मानित भएको आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेले बताए । आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका जुम्ला, मुगु र कालिकोटका करदाताहरुमध्यबाट आयकर तर्फ सबैभन्दा बढी कर तिरेका ब्यबासायिको हौसला प्रदान गर्न सम्मान गरिएकाे कार्यालय ले जनाएकाे छ । कर दिवसका अबसरमा आयोजित एक समारोहका अबसरमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो।
हुम्ला—हुम्ला सर्केगाड गाउँपालिकाको ३ ठाउँमा टावर जडान गरि फोरजी सेवा संचालन भएपछि स्थानीय हर्षित भएका छन ।सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार छयागी, गुसा र जैर तीन स्थानमा टावर जडान गरि फोरजी सेवा संचालन गरिएको बताएका छन । लामो समयको संघर्ष,मिहेनत र निरन्तरताको प्रयासले नेपाल टेलिकमको फोरजी संचालन ल्याए पछि स्थानीय हर्षित भएको अध्यक्ष रोकायाको भनाई छ । हुम्लाको छ्याँगी गाउँमा जडान गरिएको फोरजी पटावरले खार्पुनाथ गाउँपालिका—१ को गोप्का, लाली, सर्केगाड गाउँपालिका—१ जैरमा राखिएको टावरले नजिकको छिमेकी जिल्ला मुगुको फोतु, लिब्रु नेर, नार्थपु, लगायत समेतका बस्तीमा समेत फोरजी सेवाले काम गरेको छ । राम्रो सित मोवाइल नेटवर्कले काम नगर्ने दुर्गम…
काठमाडौँ । आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ । यस बर्षको विश्व शौचालय दिवसको विषयवस्तु 'परिवर्तनशील संसारमा सरसफाइ' रहेको छ, जसको प्रमुख अभियान नारा 'हामीलाई सधैं शौचालयको आवश्यकता पर्नेछ' भन्ने रहेको छ। यो विषयवस्तु जलवायु परिवर्तन, शहरीकरण, बसाइँसराइ र असमानता जस्ता चुनौतीहरूले कसरी सरसफाइमा पहुँचलाई पनि कठिन बनाएका छन् र सबैका लागि लचिलो, जलवायु-लचिलो सरसफाइ प्रणाली निर्माण गर्ने आवश्यकतामा केन्द्रित रहेको छ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो सहरीकरण र सार्वजनिक…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुदैछ । काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेल जितेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ भने सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा पहिलो खेल खेल्दैछ । टिमको कुरा गर्दा काठमाडौँ करण केसीको कप्तानीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी सहित यो सिजन खेल्दैछ । त्यस्तै दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका…