काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएपछि पछिल्ला दिनमा बैठक पटक पटक सर्दै आएको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । यसैबीच गत…
काठमाडौँ । ३.५ अर्बभन्दा बढी व्हाट्सएप प्रयोगकर्ताहरूको फोन नम्बर जोखिममा रहेको अध्ययनले खुलासा गरेको छ । भियना विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यो जोखिम पत्ता लगाएका हुन् । अनुसन्धानकर्ताहरूका अनुसार, यो जोखिमले जो कोहीलाई पनि व्हाट्सएपमा सक्रिय छन् कि छैनन् भनेर प्रमाणित गर्न अनुमति दिन् छ। त्यसपछि तिनीहरूको प्रोफाइल तस्वीर, स्थिति र बारेमा खण्डहरूको बारेमा विवरणहरू सजिलै निकाल्न सकिन्छ, जसले गर्दा यसको दुरुपयोग हुन सक्ने देखिएको छ । अनुसन्धानकर्ताहरूले जालसाजी गर्नेहरूले बगको शोषण कसरी गर्न सक्छन् भनेर व्याख्या गरेका छन् । अनुसन्धानकर्ताहरूले व्हाट्सएपको सम्पर्क खोज सुविधाको समस्याको व्याख्या गर्छन् । यो प्रयोगकर्ताहरूको फोन ठेगाना पुस्तिकाहरू सिङ्क गरेर मानिसहरूलाई फेला पार्न सजिलो बनाउन डिजाइन…
जुम्ला। आज अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी आजका दिन अन्तर्राष्ट्रिय बाल दिवसको रुपमा मनाउँदै आएका छन् । यस बर्षको अन्तर्राष्टिय बाल दिवसको नारा 'मेरो दिन मेरो अधिकार' भन्ने रहेको छ । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् । यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् । नेपालले संयुक्त राष्ट्रसङ्घको बाल…
काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्बाट जेन—जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो । परिषद्का अध्यक्षसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई चेक हस्तान्तरण गरेका छन् । कोषमा ७ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहने गरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ…
काठमाडौँ । संबिधानविद डा. भिमार्जुन आचार्य नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाएर कसरी चुनाव हुन्छ भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै आचार्यले आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ भनेर प्रश्न गरेका छन् । उनले जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्न आग्रह गर्दै आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने बताएका छन् । उनले भनेका छन्: नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका…