खोज्नुहोस

Blog

रवि र छविको मुद्धाको सुनुवाइ स्थगित

रवि र छविको मुद्धाको सुनुवाइ स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । लामिछानेका कानुन व्यवसायीको तर्फबाट स्थगितको निवेदन परेपछि सुनुवाइ रोकिएको हो ।  सुनुवाइका लागि आज न्यायाधीशद्वय मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा पेशी तोकिएको थियो । यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो । लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर…
Read More

एसएमसी एपका नाममा ठगी, सतर्क रहन प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाईनका विभिन्न माध्यमहरूमा एसएमसी एपका नाममा ठगी भइरहेकोले सतर्क राहन आग्रह गरेको छ । एसएमसी एपबाट सुरुमा छिटो पैसा कमाउन सकिने तथा साथीहरुलाई रिफरल गरेर थप बोनस समेत पाउन सकिने जस्ता किसिमका प्रलोभन देखाई अथवा झुट्टा आश्वासन दिलाई एकाउन्ट रिचार्ज गर्नुपर्ने, कर तिर्नुपर्ने लगायतका बहानामा ठगी गर्ने प्रवृत्ति बढ्दै गईरहेको हुँदा यस्ता प्रलोभनमा नपर्न हुन आग्रह गरेको छ ।
Read More
बाराको सिमरामा आजपनि कर्फ्यु

बाराको सिमरामा आजपनि कर्फ्यु

बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरिएको छ । आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ । आज विरगंज-पथलैया सडकको पथलैया चोक  दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरी ५०० मिटरसम्म कर्फु लगाइएको छ । बुधबार एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले गएराती ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो । विहिबार बिहानै देखि युवाहरु प्रदर्शनमा निस्किएपछि प्रशासनले आजपनि कर्फ्यु लगाएको…
Read More
काँग्रेसको बैठक आज पनि स्थगित

काँग्रेसको बैठक आज पनि स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि स्थगित भएको छ । काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भनिएको बैठक मङ्सिर ६ गते  शनिबार दिउसो १ बजेसम्मका लागि स्थगित बको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएपछि पछिल्ला दिनमा बैठक पटक पटक सर्दै आएको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८…
Read More
एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो । बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । एमालेले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।
Read More