खोज्नुहोस

Blog

एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज

एनपीएलको यस सिजनको अन्तिम लिग खेल आज

काठमाडौँ । आज नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेल हुदैछ । आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच दिउसो साढे ३ बजेदेखि खेल हुदैछ । कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन् । कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६-६ खेलमा १-१ खेल जितेका छन् भने ५-५ खेलमा हार बेहोरेका छन् । कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो । आज हुने यस खेलको नतिजाले कुनै प्रभाव पर्दैन । कर्णाली र जनकपुरसहित चितवन र पोखरा प्लेअफको दौडबाट बाहिरिएका छन् भने सुदूरपश्चिम रोयल्स, विराटनगर…
Read More
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन नागरिक उड्डयन सुरक्षा र व्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउँदै आएको छ । यस बर्ष 'दिगो विकासका लागि उड्डयन: संसारलाई जोड्दै' भन्ने नाराका साथ यो दिवस मनाइदैछ । आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो। आइकाओले शिकागो…
Read More
दाउरा बाेक्ने डाेकेमा ग्यास सिलिन्डर

दाउरा बाेक्ने डाेकेमा ग्यास सिलिन्डर

जुम्ला - जुम्लामा खाना पकाउनकाे लागि दाउराकाे प्रयाेग हुने गरेकाेमा अहिले पछिल्लाे समयमा गाउँगाउँमा ग्यास चुल्हाेकाे प्रयाेग हुन थालेकाे छ । महिलाहरुले ज‌गलबाट दाउरा स‌कलन गर्ने डाेकाेमा अहिले बजारबाट ग्यास सिलिन्डर वाेक्न थालेका छन् ।  
Read More
मानिस कुकुरलाई किन यति धेरै माया गर्छन् ? यसको पछाडिको विज्ञान के हो ?

मानिस कुकुरलाई किन यति धेरै माया गर्छन् ? यसको पछाडिको विज्ञान के हो ?

काठमाडौँ । कहिलेकाहीँ यो विश्वास गर्न गाह्रो हुन्छ, तर संसारका सबै कुकुरहरूका पुर्खाहरू ब्वाँसा हुन् । यसको अर्थ तिनीहरू धेरै पहिले ब्वाँसाबाट विकसित भएका हुन् । संसारको सबैभन्दा सानो चिहुआहुआ होस् वा ठूलो कुकुर, तिनीहरूका पुर्खाहरू अब पृथ्वीमा छैनन् । तिनीहरूको नजिकको नातेदार खैरो ब्वाँसो हो । यो अझै पनि जंगलमा बस्छ र धेरै शक्तिशाली शिकारी मानिन्छ । तर प्रश्न ब्वाँसाहरू कहिलेदेखि हाम्रो नजिक बस्न थाले भन्ने रहेको र कुकुरहरूले संसारभरका मानिसहरूको हृदयमा किन यति विशेष स्थान राख्छन् ? भन्ने प्रश्न पनि उत्तिकै जायज छ  । कुकुरहरूलाई मानिसहरूले घरपालुवा बनाएको पहिलो जनावर मानिन्छ । २०१७ मा, एक प्राचीन कुकुरको डीएनएको…
Read More
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई दियो २० बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई दियो २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ । समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई शुक्रबार निर्देशन दिएको हो । निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक दलले प्रत्यक्षतर्फ उमेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उमेदवारको प्रतिनिधित्व सुनिश्चित गर्न भनेको छ । आयोगको निर्देशन: १- नेपालको संविधानको धारा ३८ को उपधारा (४) तथा धारा ४२ को उपधारा (१)…
Read More