काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् । त्यसैगरी दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख,…
काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका एक करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज धवलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज बुंगल हाइड्रोको शेयर ९.०५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी साहास उर्जाको ४१ करोड ८० लाखको कारोबार भएको छ…
काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै सभामुख पाठकले २०८२ असोज १ गते नै राजीनामा दिएको जानकारी गराएको हो । उनले उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिए । उनी राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएपछि सभामुख भएका थिए ।
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश दिएको छ । प्रसाईंका छोरा निराजन प्रसाईले मंगलबार दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको हो । प्रसाईलाई सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । शान्ति व्यवस्थामा खलल पुर्याएको कसुरमा प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद थप भएको छ ।
मुगु – जिल्ला स्थित उत्तरी भेगमा अबस्थित मुगुम कार्मारोङको तिब्बत सिमा क्षेत्र संग जोडिएको मुगु गाउँमा अत्याधिक कठ्याङग्रिदो चिसो बढेपछि स्थानीय ५ महिनाको लागि बेशी झर्न सुरसार तिर लागेका छन । समुद्री सतह देखि करिव ३३ सय मिटर उचाईमा अबस्थित मुगु गा गाउँ सिरसिरे हावा संगै अत्याधिक चिसो बढेपछि गाउका स्थानीय चैत महिना सम्मका लागि तल सिरानचौर, चितै बगर, मुगु गमगढी, जुम्ला खलंगा, नेपालगञ्ज, सुर्खेत झर्न तयारी गर्न थालेका छन । कुल देवताको पुजा गरेर स्थानीय बेशी झर्ने गरेका छन यस गाउ“पालिकाको उच्च माथिल्लो बस्ती मुगु गाउमा अत्याधिक चिसो बढेपछि स्थानीय बेशी झर्न तयारी गर्न थालेको मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङक्याप्ने…