खोज्नुहोस

Blog

स्वदेश फर्किए देउवा दम्पति (फोटो फिचर)

स्वदेश फर्किए देउवा दम्पति (फोटो फिचर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । स्वास्थ्य उपचारका लागि पत्नी आरजु राणासहित कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती शुक्रबार राति स्वदेश फर्किएका हुन् । गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पती सिंगापुरमा १८ दिनको उपचारपछि स्वदेश फर्किएका छन् । नेपालमा उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका देउवाले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर थप उपचारका लागि सिंगापुर गएका थिए ।  
Read More
एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दै

एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दै

काठमाडौँ । नेकपा एमालेले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो । एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न, भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न र तोडफोड. लुटपाट. आगजनीमा संलग्न अपराधीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेको छ । यसअघि एमालेले कार्तिक २५ गते देशभरका स्थानीय तहमा प्रदर्शन र सभा गरेको थियो । एमालेले मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गर्ने घोषणा गरेको छ ।
Read More
बसाई सराईको असर, हिमाली भेगका स्कुलमा बिधार्थी घट्दै

बसाई सराईको असर, हिमाली भेगका स्कुलमा बिधार्थी घट्दै

गाउ छोडेर शहरतिर बसाई सराई गर्न थालेपछि हिमाली भेगका सामुदायिक स्कुलमा बिधार्थीहरु प्रति बर्ष कम हुदै गएका छन । रोजगारी भरपर्दो शिक्षा, स्वास्थ्यको अवसर खोज्दै स्थानीय धमाधम शहरतिर झर्न थालेपछि बिद्यालयमा बिधार्थीको संख्या पनि न्यून देखिन थालेको छ । तस्विर जुनबहादुर खड्का मुगु
Read More
ओलीले मदन भण्डारीको अपमान गरे- प्रचण्ड

ओलीले मदन भण्डारीको अपमान गरे- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टी र कमरेड भीम रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान, नेपाल' का बीच पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको एमालेले मदन भण्डारी र उनका परिवारलाई अपमान गर्ने काम गरेको आरोप लगाएका हुन् । प्रचण्डले भने- 'एमाले मदन भण्डारीको लाइनबाट अलग बाटोमा गएको छ । ओलीले नै मदन भण्डारीलाई बहुविवाह गरेको र सहकारी ठगेको भनेर अपमान गरे । मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई नै सदस्यता नदिने भनेपछि कुन तहको अपमान भएको छ, सजिलै बुझ्न सकिन्छ ।' प्रचण्डले एमालेलाई दम्भ र…
Read More
ग्राउण्डेड रहेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज संचालन

ग्राउण्डेड रहेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज संचालन

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाज संचालनमा आएको छ । निगमको ९ एन- एबिटी ट्विनअटर जहाजले परिक्षण उडान सफलता पुर्वक पुरा गरेको जानकारी दिदै अब देशका विभिन्न दुर्गम भेगमा आन्तरिक उडान गर्ने जानकारी दिएको छ । गत सेप्टेम्बरदेखि इन्जिन मर्मत् तथा वार्षिकी जाँचका लागि ग्राउण्डेड रहेको सो जाहज आवश्यक मर्मतपछि संचालनमा आएको निगमले जनाएको छ । परिक्षण उडानको सफलतासँगै निगमको दुईवटै जहाजमार्फत आजैदेखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरू गरिएको र यसबाट यात्रुवर्गलाई सेवा सुविधा प्राप्त भई यात्रा थप सहज हुने निगमले विश्वास लिएको जनाएको छ ।  
Read More