काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् । आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो । आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ । आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । बरु…
समुद्री सहत देखि करिव ४ हजार ४८ मिटर उचाइमा रहेको चुच्चेमार लेक बाट देखिएको. कञ्चन रारा । रारा ताल देखि चुच्चेमारा लेक पुग्न करिव ४ घण्टा समय लाग्ने गरेको रारा माझघटट त्रिलोक बाट उकालो जंगलको बाटो भएर चुच्चेमारा लेक पुग्न सकिन्छ । अर्कोतिर मुगु र जुम्लाको सिमान घुच्चीलेक बाट पनि चुच्चेमारा लेक पुग्न सकिन्छ । चुच्चेमारा लेक बाट रारा ताल पुरै देखिने मुर्मा गाउका स्थानीय बिर्ख रोकायाको भनाई छ । चुच्चेमारा लेक बाट सिमित रारा मात्र नभएर धार्मिक तिर्थस्थल छायानाथको पनि अवलोकन गर्न सकिन्छ । रारा घुम्न आउने पर्यटकहरु ताल वरिपरि घुमेर फर्किने र चुच्चेमारा लेक मुर्माटप कम मात्रमा जाने…
बुटवल । गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ । गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार आजदेखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिनको ४ बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो । पूर्वपश्चिम राजमार्गको गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको छ । जिल्ला प्रशासन कार्यालयले भनेको छ: सन्धिखर्क-गोरुसिङ्गे सडक…
काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व निमोनिया दिवसको नारा 'हरेक सासको सुरक्षा: सबैका लागि बलियो फोक्सो' भन्ने रहेको छ । निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । जसमा फोक्सोका कोषहरु सुनिन्छन र स्वास प्रश्वासमा समस्या आउने गर्दछ । नेपालमा बाल मृत्युदर बढाउने प्रमुख रोगका रुपमा देखिएको निमोनिया भाइरस फङगस वा व्याक्टेरियाको जुनसुकै संक्रमणबाट पनि हुन सक्छ । निमोनियाले सबै उमेर समुहका व्यक्तिलाई असर गरेपनि विशेषगरि बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । पाँच…
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित ११ केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेका थिए । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ ।