खोज्नुहोस

Blog

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने मन्त्रिपरिषदको निर्णय

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डाै ‍- नेपाल सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्त एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।राष्ट्रिय खेलकुद परिषद्को गत बुधबार बसेको १२३ औं बोर्ड बैठकले आगामी फागुन १ देखि ७ सम्म दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
Read More
प्रवासबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग

प्रवासबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका छन् । अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिन समेत अनुरोध गरिएको छ । आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोध…
Read More
त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रिया बारे प्रधानमन्त्री कार्कीको चासो

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रिया बारे प्रधानमन्त्री कार्कीको चासो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी,  रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको…
Read More
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण नियुक्त, पद तथा गोपनियताको लिए शपथ

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण नियुक्त, पद तथा गोपनियताको लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेका छन् । सरकारको सिफारीस अनुसार राष्ट्रपति पौडेलले कर्णलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्ण मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । लाभलाई राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको शपथ समेत गराएका छन् । शपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कर्णलाई राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार मानिन्छ । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । सरकारले सोमबार मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको थियो…
Read More
मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

कामाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । त्यस्तै सरकारले धनुषाका सुरेन्द्र लाभलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको मन्त्री खरेलले जानकारी दिएका छन् ।
Read More