खोज्नुहोस

Blog

आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै

आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।  किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन वि.सं २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले…
Read More
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११: ३० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । आइतबार बस्नुपर्ने बैठक पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा कांग्रेसले आजसम्मका लागि बैठक स्थगित गरेको थियो । असोज २८ बाट सुरु भएको कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ गतेदेखि जारी रहेको छ ।  
Read More
भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौं  । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको छ । बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ । विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार…
Read More
गल्ति स्वीकार गरेर एमालेमा फर्किएका हौं, हाम्रो कुनै शर्त छैन- किसान श्रेष्ठ

गल्ति स्वीकार गरेर एमालेमा फर्किएका हौं, हाम्रो कुनै शर्त छैन- किसान श्रेष्ठ

काठमाडौँ । किसान श्रेष्ठले आफुहरु गल्ति स्वीकार गरेर एमालेमा फर्किएको बताएका छन् । एमालेको घर फर्क अभियान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले विगतमा पार्टीमा विद्रोह गर्नु जीवनकै ठुलो गल्ति भएको बताउदै अब फेरी पार्टीलाई ठुलो बनाउने प्रतिबद्धतासहित घरमा फर्किएको बताएका हुन् । उनले आफुहरु बिना शर्त पार्टीमा फर्किएको बताउदै पार्टीले दिने जिम्मेवारी स्वीकार गर्ने बताए । देशको विकास गर्न केपी शर्मा ओलीको नेतृत्वमा आफुहरु फेरी आएको बताए । श्रेष्ठले सम्बोधनको अन्त्यमा एकीकृत समाजवादीको विसर्जन भएको समेत घोषणा गरेका थिए ।
Read More
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार रक्कीप्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बन्न सक्ने अवस्था रहेकोमा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा शपथ गराएकी थिइन् ।
Read More