खोज्नुहोस

Blog

कसरी मनाइन्छ छठ पर्व ?

कसरी मनाइन्छ छठ पर्व ?

धनुषा ।  केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ । अहिले मधेशका जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको पहिलो दिन खरना मनाइन्छ । छठ पर्वको पहिलो दिन बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गर्ने गर्दछन् । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा…
Read More
नेपाल संवत नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो- प्रधानमन्त्री कार्की

नेपाल संवत नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले नेपाल संवत नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर भएको बताएकी छन् । नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत नेपाली धर्तीमा उत्पत्ति भएको बताउदै नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुनाले यो नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर भएको बताएकी हुन् । उनले नेपाल संवतको प्रवर्तन गर्ने महान् व्यक्तित्व शंखधर साख्वाबाट आज पनि व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दामाथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने बताएकी थिइन् । उनले भनिन्- 'नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक…
Read More
आजदेखि नेपाल संवत् ११४६ शुरु, नेवार समुदायमा म्हः पूजा मनाइदै

आजदेखि नेपाल संवत् ११४६ शुरु, नेवार समुदायमा म्हः पूजा मनाइदै

काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन्  । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।…
Read More

आज तिहारको गोवर्धन, बली, गोरु र हलि पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको आज गोवर्धन पर्वत, बली, गोरु र बलिको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रमा उल्लेख छ । बली, हलि एवम् गोरु पूजा भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको…
Read More
सर्बदलीय बैठकमा एमालेबाट राखिएका १० बुँदे धारणा

सर्बदलीय बैठकमा एमालेबाट राखिएका १० बुँदे धारणा

काठमाडौँ । नेकपा एमालेले मंगलबार भएको सर्वदलिय बैठकमा १० बुँदे धारणा राखेको छ । प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको निर्वाचन केन्द्रित छलफलमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी रहेका थिए । एमालेले सो बैठकमा निर्वाचनमा भाग लिन सकारात्मक रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको धारणा राखेको थियो । बैठकमा एमालेका तर्फबाट राखिएको १० बुँदे धारणा:  १- हाम्रो पार्टीले “जेन्जी” का नाममा नयाँ पुस्ताले उठाउँदै आएका मागहरूलाई सदैव सकारात्मक दृष्टिले हेर्दै आएको छ। तर, उक्त आन्दोलनमा स्वार्थी र आपराधिक तत्वहरूको घुसपैठ भई शान्तिपूर्ण आन्दोलनलाई नियोजित रूपमा हिंसात्मक रूप दिइएको विषयमा पार्टी गम्भीर र चिन्तित छ।२३ गतेको घटनामा स्कुले विद्यार्थीमाथि…
Read More