खोज्नुहोस

Blog

राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित विपिन जोशी अन्त्येष्टि

धनगढी । विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । विपिनको मंगलबार बिहान कञ्चनपुरको महाकाली नदीको भुजेला घाटमा राष्टिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । कञ्चनपुरको भिमदत्तनगरपालिका- ८ को भाषीस्थित घरबाट शवयात्रा गरिएको थियो । शवयात्रामा हजारौं स्थानीयसहित आफन्त, जनप्रतिनिधि र संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए । त्यस्तै इजरायली राजदूत श्मुलिक आरी बाससहितको टोलीले परिवारलाई समवेदना दिएको छ । सोमबार इजरायलबाट काठमाडौं ल्याइएको शवलाई विमानस्थलमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले श्रद्धाञ्जली दिएका थिए। नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी पुर्‍याइएको शव परिवारलाई बुझाइएको थियो। इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’…
Read More
जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा, मृतकका ५३ परिवारलाई पठाइयो राहत

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा, मृतकका ५३ परिवारलाई पठाइयो राहत

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ । प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइते भएका व्यक्तिहरूलाई बर्गीकरणका आधारमा उचित राहतको व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चवापत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गत असोज १२ गते गरेको थियो । हालसम्म स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार ४२९ जना घाइतेको विवरण…
Read More
लक्ष्मी पुजाको साँझ विद्युतको आन्तरिक उच्च माग १६५० मेगावाट, १०१५ मेगावाट निर्यात

लक्ष्मी पुजाको साँझ विद्युतको आन्तरिक उच्च माग १६५० मेगावाट, १०१५ मेगावाट निर्यात

काठमाडौँ  । लक्ष्मी पुजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले सोमबार साँझ ६: ५० बजे नेपालमा आन्तरिक विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो । त्यस्तै सोहि समयमा प्राधिकरणले १०१५ मेगावाट निर्यात समेत गरेको जानकारी दिएको छ । विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । २०७३ सालको भदौमा विद्युत माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट…
Read More
नेप्से १८.४० अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

नेप्से १८.४० अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३११ कम्पनिका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ । आज हिमालयन पावर पार्टनरको शेयरमा सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर ५.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्तको शेयर ७.३३ प्रतिशतले घटेको छ । त्यस्तै आज…
Read More
नर्सका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

नर्सका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । विहिबार स्वास्थ्य सचिव डा विकास देवकोटासँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन गर्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलित भएका छन् । मन्त्रालयले सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक सरकारले तोके बमोजिम ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेपनि सो…
Read More