खोज्नुहोस

Blog

ऊर्जामन्त्री घिसिङबाट विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

ऊर्जामन्त्री घिसिङबाट विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका थिए । देशका विभिन्न ठाउँबाट छिनछिनमा वत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहनु भएका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम्…
Read More
जेनजी प्रदर्शनका नाममा भएको लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग

जेनजी प्रदर्शनका नाममा भएको लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रका तीन वटै छाता संगठनले संयुक्त रूपमा जेनजी प्रदर्शनका नाममा भएको घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा उक्त धारणा राखेका हुन् । अर्थमन्त्रीसँग भेटका क्रममा निजी क्षेत्रका प्रतिनिधिले सकारात्मक परिवर्तनका लागि युवाहरूले गरेको आन्दोलनमा भएको घुसपैठले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएकामा गुनासो गरेका छन् । पछिल्लो घटनाक्रमबाट उद्यमी व्यवसायी निरुत्साहित बनेको र यस्ता घुसपैठ, लुटपाट एवं…
Read More
आजदेखि कार्तिक स्नान शुरु

आजदेखि कार्तिक स्नान शुरु

काठमाडौँ । आजदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि कार्तिकस्नान र आकाशदीप दान शुरु भएको छ । आजद्केही कार्तिक शुक्ल पूर्णिमाको दिन कार्तिकस्नान र चतुर्मासव्रत समापन हुनेगर्दछ । यो महिनामा दामोदर भगवानको साथै तुलसी देवीको पूजा ,अर्चना र आकाशदीप बाल्ने गरिन्छ । कार्तिक महिनामा जसले प्रात स्स्नान गरेर आकाशदीपको दान गर्दछ भने उ सवै लोकको स्वामी र सम्पतीले सम्पन्न भएर यस लोकमा सुख भोगेर अन्त्यमा मोक्षको प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । स्नान गर्नकोलागी नदी ,तलाउ ,धारो कुवा आदिमा गएर यो महिनामा प्रात स्नान गर्दछ भने उसले यमराजको यातना कहिल्यै भोग्नु नपर्ने शास्त्रमा उल्लेख छ । आकाशदीप दान पाएसम्म…
Read More
नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ९३ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ९३ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ११.५१ अंकले बढेर २६६३. ५१ विन्दुमा पुगेर रोकिएको छ । आज ३१४ कम्पनिका ७५ लाख ११ हजार १९३ कित्ता शेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० मा कारोबार भएको थियो । आज होटल, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ । आज ग्लोबल आइएमइ समुन्नत योजनाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २४ करोड ११ लाख र नेपाल रिइन्सुरेन्सको ११ करोड बराबरको कारोबार भएको छ ।
Read More
इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

इन्फ्रास्ट्रक्चर बैंकबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बैकको तर्फबाट एक करोड सहयोग हस्तान्तरण गरेको छ । सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । भाद्र २३ र २४ गते मुलुकभर भएको आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो सहयोग गरेको बैंकले जनाएको छ ।
Read More