काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास गुन्डुमा शुरु भएको छ । बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमक अनुसार बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन र आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर २८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २७४० मा कारोबार भएको थियो ।
काठमाडौँ । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो । युनेस्कोको सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्र सङ्घको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो । त्यसबेलादेखि विश्वभर र नेपालले यो दिवसलाई सम्झनामात्रै नभई सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आइएको छ । जुलाई २०११ मा, संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको…
काठमाडौँ । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । कांग्रेसले भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमसँगै ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिंहदरवार), संसद भवन र सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक संरचनाहरूसहित कांग्रेसका सभापतिसहितका नेताहरुमाथि आक्रमण भएको भन्दै चाडवाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुवेको अवस्थामा कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान—प्रदान कार्यक्रम यस वर्ष आयोजना नगर्ने जानकारी गराएको छ ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह अल्पमतमा परेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका हुन् । बुधबार कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो । कांग्रेसले समर्थन फिर्ता लिएपछि मधेश सरकारलाई अहिले एमालेका २४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७ र मुख्यमन्त्री सतीशकुमार सिंह गरी ३२ सांसदको मात्र समर्थन छ । मुख्यमन्त्री सिंहको जनमत पार्टीले पनि आफ्नै दलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेस सभामा बुझाइसकेको छ । मंगलबारको प्रदेशसभा बैठकमा पनि मुख्यमन्त्री सिंहबाहेक जनमतका सबै सांसद विपक्षी बेञ्चमा बसेका थिए । कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको विपक्षमा ७२ सांसद…