खोज्नुहोस

Blog

एमालेका ६४ पार्टी कार्यालय र १५८ नेता तथा कार्यकर्ताको घरमा क्षति

एमालेका ६४ पार्टी कार्यालय र १५८ नेता तथा कार्यकर्ताको घरमा क्षति

काठमाडौँ । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा नेकपा एमालेका देशभर ६४ पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको १५८ घर र व्यवसायमा क्षति पुगेको जानकारी दिएको छ । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टीले आन्तरिक रुपमा संकलन गरेको विवरण सार्बजनिक गर्दै यस बारे जानकारी दिएका छन् । आन्दोलनकारीले एमाले केन्द्रीय कार्यालय च्यासल, बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिब शंकर पोखरेललगायत नेता तथा कार्यकर्ताको घर आगननी र तोडफोड गरेका थिए । महासचिव पोखरेलले जानकारी दिदै भनेका छन्- 'प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाईएको छ । त्यस्तै, पार्टीका नेता…
Read More
बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली  शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो । दोस्रो दिन पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो । चौथो दिन आज कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई…
Read More
आज विश्व फार्मासिस्ट दिवस मनाइदै

आज विश्व फार्मासिस्ट दिवस मनाइदै

काठमाडौँ । आज विश्व फार्मासिस्ट दिवस मनाइदैछ । प्रत्येक वर्ष २५ सेप्टेम्बरमा यो दिवस समाजमा फार्मासिष्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्यले विश्व फार्मासिस्ट दिवस मनाइने गरिएको छ । यस बर्षको विश्व फार्मासिस्ट दिवसको नारा 'स्वास्थ्य सोचौं, फार्मासिस्ट सम्झौं' रहेको छ । अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापना सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले हरेक बर्ष सेप्टेम्बर २५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । विश्व फार्मासिस्ट दिवस मनाउनुको उद्देश्य फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्नु र चिकित्सा पेशेवरहरूलाई सम्मान गर्नु रहेको छ । यस दिन…
Read More
सरकारले फेर्यो काठमाडौंका प्रमुख जिल्ला अधिकारी

सरकारले फेर्यो काठमाडौंका प्रमुख जिल्ला अधिकारी

काठमाडौं । सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरेको छ । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो । प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रिजालमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको आरोप थियो । सरकारले आन्दोलनमा दमन गरेको आरोप लागेका काठमाडौंको प्रहरी प्रमुख पनि फेरेको थियो । यसअघि सरकारले मंगलबार एकैपटक गृह सचिव गोकर्णमणि दुवाडीको समेत सरुवा गरेको थियो ।
Read More
तुईन खोलाको पहिरो हटाउन शुरु

तुईन खोलाको पहिरो हटाउन शुरु

चितवन । मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला नजिक खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर लाग्ने जानकारी दिएको छ । अहिले मुग्लिन र नारायाणघाट तर्फबाट २-२ वटा मेशिनले पहिरो पन्छाउने काम गरिरहेका छन् । मंगलबार दिउसो ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द भएको छ । डिभिजन कार्यालयले सडक सुचारु नहुन्जेल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
Read More