खोज्नुहोस

Blog

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा आराधना गरिदै

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा आराधना गरिदै

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज बुधबार हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको…
Read More
नेपालमा नायिकाहरूको स्थान, परिश्रम र सामाजिक इज्जत

नेपालमा नायिकाहरूको स्थान, परिश्रम र सामाजिक इज्जत

आशा भुषाल- नेपालमा नायिकाहरूको स्थान, परिश्रम र सामाजिक इज्जत* नेपालको चलचित्र, टेलिभिजन र डिजिटल क्षेत्रमा महिलाहरूको भूमिकामा विगत केही दशकमा उल्लेखनीय विकास आएको छ। तर नायिकाहरूको स्थान, परिश्रम र सामाजिक सम्मान अझै पनि परम्परागत सोच, लैङ्गिक असमानता, र प्रचारमाध्यमहरूका कारण विवादास्पद र चुनौतीपूर्ण बनेको छ। नायिकाहरूको स्थान: अवसर र सीमाहरू नेपालको फिल्म उद्योगमा महिला कलाकारहरू अहिले मुख्य भूमिकामा आउने, कथा बोक्ने र समाजलाई प्रभावित गर्ने ठाउँमा छन्। तारा, रेखा थापा, प्रियंका कार्की, स्वस्तिमा खड्का, मिरुना मगर लगायतले मुख्यधारा फिल्मलाई उचाइमा पुऱ्याएका छन्। तर, अझै पनि: - धेरै स्क्रिप्टहरूमा नायिकालाई "ग्ल्यामर आइटम" को रूपमा मात्र प्रयोग गरिन्छ। - निर्देशक र निर्माता…
Read More
काठमाडौँको उज्यालो महानगर योजना फेरी शुरु, १० करोडको लागतमा ६२ लाइट जोडिदै

काठमाडौँको उज्यालो महानगर योजना फेरी शुरु, १० करोडको लागतमा ६२ लाइट जोडिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिगत ३ बर्ष देखि विविध कारणबस  रोकिएको उज्यालो महानगर योजना फेरी शुरु भएको छ । काठमाडौ महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको नगर प्रमुख बालेन शाहले जानकारी दिएको छ । बालेनले हालसम्म १२ वटा लाइट जडान भइसकेको जानकारी दिदै बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताएका छन् । अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुइ हजार भन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा बिस्थापित गरि हाल बलिरहेको उल्लेख गरेका छन् । साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको बताउदै बालेनले…
Read More
स्रोत नखुलेको रकमसहित मोरङबाट एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित मोरङबाट एक जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको  मोटरसाइकलामा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
सुनकोशी मरिन र भेरी बबईका ठेक्का यथास्थितिमा राख्न सकिंदैन- मन्त्री घिसिङ

सुनकोशी मरिन र भेरी बबईका ठेक्का यथास्थितिमा राख्न सकिंदैन- मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरबका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का टोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए । दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाई भएपछि मन्त्री घिसिङले निर्माणमा सङ्लग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व बृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट…
Read More