काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ । छलफलमा सम्माननीय प्रधानमन्त्रीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने कुरा राख्दै निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरे । सो छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले…
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी नेतृत्वलाई लगातार प्रश्न गरिरहेका छन् । बास्कोटाले पछिल्लो पटक सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त ? भन्ने प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले के त्यो भुकम्प, सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ति मात्र थियो ? भन्ने प्रश्न उठाएका छन् । साथै उनले कारणको खोजी, भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधार वारे कुरा गर्न मिल्दैन भने वेक अप कल नै डिलिट हान्न आग्रह गरेका छन् । उनले भनेका छन्- सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो…
भक्तपुर । कक्षा १२ को पूरक परीक्षा आज र भोली हुदै छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी राष्ट्रिय परीक्षा बोर्डले आज र भोली गर्न लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली…
धादिङ । मुग्लिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ । गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको हो । पहिरो झर्ने क्रम निरन्तर रहेकाले हाललाई पहिरो हटाउने कार्य गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायकपर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।
काठमाडौं । आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विश्वभर मनाइदैछ । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा सबैमा यसबारे जागरुक गराउन संयुक्त राष्ट्रसंघको महासभाबाट मान्यता पाएसँगै हरेक बर्ष सेप्टेम्बर २३ मा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन थालिएको हो । बहिराको अन्तर्राष्ट्रिय सप्ताहको भागको रूपमा सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो । पछि १९ डिसेम्बर २०१९ मा विश्व बहिरा महासंघले यस दिवसका लागि पहिलो पटक संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेस गरेको थियो । सेप्टेम्बर २३ कै दिन यस दिवस मनाउनुको कुनै विशेष कारण नभए पनि सेप्टेम्बर २३, १९५१ का दिन विश्व बहिरा महासंघको स्थापना भएकाले यसै दिनलाई आधार…