खोज्नुहोस

Blog

प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ- ओली

प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने बताएका छन् । संबिधान दिवसको अवसरमा सामाजिक संजालमार्फत ओलीले  जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको र सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । ओलीले प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको, देशको निशानी मेटाउन खोजिएको उल्लेख गर्दै जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको बताएका छन् । ओलीले भनेका छन्-   दिदीबहिनी तथा दाजुभाइहरू ! आज संविधान दिवस । नेपाली जनताले ७० वर्षसम्म संघर्ष…
Read More
संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सधै क्रियाशील रहन्छ- अध्यक्ष दाहाल

संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सधै क्रियाशील रहन्छ- अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रियसभा सदैव क्रियाशील रहने बताएका छन् । संविधान दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै संविधान कार्यान्वयन, आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सैबलाई आग्रह गरेका छन्। अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्- 'यस अवसरमा देशको परिवर्तन…
Read More
देउवा निवासमा पैसाको सुरुङ भेटिएको समाचारको सचिवालयबाट खण्डन

देउवा निवासमा पैसाको सुरुङ भेटिएको समाचारको सचिवालयबाट खण्डन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका हल्लाको पछि नलाग्न आग्रह गरेको छ । देउवाका निजी सचिव भानु देउवाले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते विभिन्न समुहले डकैतिको शैलीमा सभापति देउवाको निवासमा प्रवेश गरेर सांघातिक आक्रमण गरेको बताउदै यस्तो अपराधिक घटनापछि सामाजिक सञ्जालमा देउवा निवासमा  अत्यधिक पैसा भेटिएको, पैसाको सुरुंग गरेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोभन्दै यस्ता समाचारको खण्डन गरेका छन् । विज्ञप्ति: गत भाद्र २३ र २४ गते नेपालका जेन-जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनक्रममा ज्यान गुमाएका सबैप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनु भएका सम्पूर्ण…
Read More
नापोलीमाथि म्यानचेस्टर सिटीको सहज जित

नापोलीमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको थियो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र जेरेमी डोकुले एक एक गोल गरेका थिए । यस खेलमा खेलको २१औं मिनेटमा गिओभानी डि लोरेन्जोले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सिमित भएको थियो ।
Read More
राशफोर्डको दुई गोलमा बार्सिलोना विजयी

राशफोर्डको दुई गोलमा बार्सिलोना विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्यूक्यासल यूनाइटेडमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कस राशफोर्डले दुवै गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल एन्थोनी गोर्डनले एक गोल फर्काएका थिए ।
Read More