खोज्नुहोस

Blog

पितृपक्षको आजदेखि विधिवत् समापन गरिँदै

पितृपक्षको आजदेखि विधिवत् समापन गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी…
Read More
लिभरपुलको प्रिमियर लिगमा लगातार पाँचौं जित

लिभरपुलको प्रिमियर लिगमा लगातार पाँचौं जित

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार सम्पन्न खेलमा लिभरपुलले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरको हो । लिभरपुलको जितमा रयान ग्राभेनबेर्च र हुगो एकीटिकले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि इद्रिसा गुएयले एक गोल गरेका थिए । यो जितपछि लिभरपुलले यस सिजनको प्रिमियर लिगमा लगातार पाँचौं जित हासिल गरेको छ । लिभरपुलको ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै एभर्टनको भने यो यस सिजनमा दोस्रो हार हो । यो हारपछि ५ खेलमा ७ अंक रहेको छ ।
Read More
भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्छ- गगन थापा

भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्छ- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्ने बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भदौ २३ गते भएको जेनजी आन्दोलनमाथि तत्कालिन सरकारले गरेको दमन र २४ गते भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका हुन् । उनले शहिद परिवार र घाइते भेट्न नगएको बारे स्पष्टिकरण दिदै भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरु ढलेको उल्लेख गर्दै यो माग पुरा गर्न आफ्नो प्रयत्नले ठोस परिणाम ल्याएपछि बल्ल शहिद परिवार र घाइतेलाई भेट्न जाने बताएका छन् । उनले भनेका छन्- भाद्र २३ गतेको आन्दोलनमा व्यापक दमन भएको छ र दमनको…
Read More
अर्थ मन्त्रालयबाट ब्याज अनुदानको ९ अर्ब ८० करोड निकासा

अर्थ मन्त्रालयबाट ब्याज अनुदानको ९ अर्ब ८० करोड निकासा

काठमाडौँ । अर्थ मन्त्रालयले सहुलियत कर्जामा ब्याज अनुदानबापतको ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ । शनिबार अर्थमन्त्री रामेश्वर खनालको मन्त्रीस्तरिय निर्णयबाट उक्त रकम निकासा गरिएको  हो । लामो समयदेखि ब्याज अनुदानको रकम नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजको नयाँ कर्जा प्रवाह गरेका थिएनन् भने नागरिकले पनि महँगो ब्याज तिर्नु परिरहेको थियो । अर्थ मन्त्रालयले भनेको छ- 'आर्थिक वर्ष ०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउने अर्थमन्त्रीस्तरको निर्णयअनुसार ९ अर्ब…
Read More
मधेश प्रदेश सभाको बैठक बोलाइयो

मधेश प्रदेश सभाको बैठक बोलाइयो

जनकपुरधाम ।  मधेश प्रदेश सभाको बैठक बोलाइएको छ । जेनजी आन्दोलनको क्रममा भएको सरकारी संरचना तोडफोड तथा आगजनीपछि ध्वस्त भएको संरचनालाई मर्मत सम्भार गरेर मंगलबारका लागि बैठक बोलाइएको छ । सभामुख रामचन्द्र मण्डलको पहलमा शनिवार भएको सर्वदलीय बैठकबाट मंगलबार देखि प्रदेशसभाको बैठक बोलाउने सहमति भएको थियो । जेनजी आन्दोलनपछि भदौ २४ गते जनकपुरधाममा भएको प्रदर्शनमा मधेश प्रदेशसभा सचिवालय तथा संसदीय दलको कार्यालय, समितिको कार्यालयमा पनि तोडफोड आगजनी गरिएको थियो ।
Read More