काठमाडौँ । आज विश्व ओजोन तह दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । 'जीवनको लागि ओजोन' नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइदैछ । यो नाराले हाम्रो ग्रहको लागि अपरिवर्तनीय ढालको रूपमा ओजोन तहको निरन्तर महत्त्वलाई दर्शाउछ । सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तह दिवस मनाउन थालिएको ३० बर्ष भयो तर यसवीचमा ओजोन तह संरक्षणको सवालमा खासै महत्वपूर्ण काम भएको छैन । ओजोन तहको विनास गर्ने…
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर साधारणतया बदली रहने जानकारी दिएको छ । माहाशाखाले आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी आज राती देशभर साधारणतया बदली रहनेछ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश…
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएकोले यसका लागि आफुले महामन्त्री पद छोड्न तयार रहेको बताएका छन् । सोमबार अहिले देशको परिस्थिति बारे आफ्नो धारणा सार्बजनिक गर्दै महामन्त्री थापाले अहिले जे र जसरी गरिरहेका छौं, त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ नहुने भन्दै पार्टीमा आमूल सुधारका लागि आफ्नो पदीय जिम्मेवारी छोडन तयार हुनुपर्ने बताएका हुन् । उनले जेनजी आन्दोलनपश्चात उत्पन्न भएको राजनीतिक परिस्थिति आजको वास्तविकता भएको भन्दै यसलाई स्वीकार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अबको आफुहरुको जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताउदै जेनजी आन्दोलनपश्चात उत्पन्न भएको राजनीतिक परिस्थिति…
काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको भएपनि चाडपर्व र देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै मुल्य यथावत राखेको जनाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २.२९ रुपैयाँ र डिजलमा ३.४६ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ रहेको छ ।
काठमाडौं । नेपाल प्रहरीले यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई जनही १०-१० लाख प्रदान गर्ने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रदान गरिने जनाएको छ । नेपाल प्रहरीले भनेको छ- 'मिति २०८२/०५/२३ र २४ गते आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही १० लाख उपलब्ध गराउने निर्णय भएको व्यहोरा अनुरोध छ ।' जेनजी आन्दोलनका क्रममा तीन प्रहरीको मृत्यु भएको थियो…