काठमाडौँ । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । सरकारले जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनाउन सैद्धान्तिक निर्णय गरेको छ । त्यस्तै सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरि १५ लाख दिने निर्णय गरिएको छ । त्यसैगरी आन्दोलनमा शाहदत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जगारण स्मारक पार्क निर्माण गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिएका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरूको उपचार भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ८, निजामती कर्मचारी अस्पतालमा ६, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान…
काठमाडौं । सर्वोच्च अदालतले आइतबार भदौ २९ गतेदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ सुरु गर्ने भएको छ । बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । प्रधानन्यायाधीश राउतले भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानुन व्यवसायीहरु,…
काठमाडौँ । सैनिक मुख्यालय जंगीअड्डा बाहिर भेला भएका जेनजी समुह एक आपसमा कुटपिटमा उत्रिएका छन् । जेनजी समुह, नेपाली सेना र राष्ट्रपतिबीच वार्ता भइरहेको समयमा जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटपिट भएको हो । एक समुहले सुशिला कार्कीलाई अबको अन्तरिम प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि अन्य केहि समुहले त्यसको विरोध गरेका छन् । जेनजीको एक समुहले सुशिला कार्कीलाई अस्वीकार गर्दै कुलमान घिसिङको नाम अगाडी ल्याएको छ भने हर्क साम्पाङ समुहले पनि आफ्नो नेतृत्व दाबि गरिरहेको छ । सैनिक मुख्यालयमा आज वार्ता हुने भएपछि विहानै देखि कैयौं जेनजी समुह भेला भएका छन् ।
काठमाडौँ । बृहत नागरिक आन्दोलनले राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन भइरहेको टिप्पणी गरेको छ । विहिबार विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन भइरहेको बताएको हो । बृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने भएको बताउदै यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्त्वपूर्ण चुनौति भएको बताएको छ । बृहत नागरिक अन्दोलनको विज्ञप्ति: अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता…