खोज्नुहोस

Blog

आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु

आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु

काठमाडौं । भायानेटले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा भएको आगजनीले डाटा सेन्टरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जानकारी दिएको छ । कम्पनिले ब्याकअप डाटा सेन्टरबाट सेवा सुचारु बह्येको भन्दै धेरै ग्राहक प्रभावित भएको उल्लेख गरेको छ । बुधबार बिहान, सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताउदै भायानेटले प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ, र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । साथै भायाटिभी सेवा पनि चाँडै सुचारु हुने बताउदै यो असाधारण घटनाले नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको उल्लेख गरेको छ ।
Read More
अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन् । उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं । तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ…
Read More
जंगीअड्डा बाहिर भेला भएका युवालाई सेनाले हटायो

जंगीअड्डा बाहिर भेला भएका युवालाई सेनाले हटायो

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डा बाहिर युवाहरु भेला हुने क्रम बढेपछि सेनाले उनीहरुलाई सुरक्षित स्थानमा जान निर्देशन गरेको छ । जंगीअड्डा बाहिर भेला भएर युवाहरुले नाराबाजी गर्न थालेपछि सेनाले माइकिङ गर्दै तुरुन्त सुरक्षित स्थानमा जान निर्देशन दिएको हो । जंगीअड्डा बाहिर विभिन्न जेनजी समुह र हर्क साम्पाङका समर्थन भेला भएका थिए । त्यस्तै ठुलो संख्यामा मिडियासमेत भेला भएपछि सेनाले उनीहरुलाई हटाउन शुरु गरेको छ । भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ । त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।
Read More
जेनजी समूह र सेनाबीच आज वार्ता हुने

जेनजी समूह र सेनाबीच आज वार्ता हुने

काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबीचको औपचारिक वार्ता आज हुने भएको छ । जेनजी समूह भन्दै थुप्रै समुह जंगीअड्डा पुगेपछि बुधबार हुने भनिएको बार्ताले औपचारिकता लिन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर साथै आफ्नो समुहको नेता छानेर वार्तामा आउन विभिन्न जेनजी समुहलाई आग्रह गरेको छ । जेनजीको एउटा समुहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिसकेको छ । साथै काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि सुशिला कार्कीलाई आफ्नो समर्थन रहेको स्पष्ट गरेका छन् । साथै जेनजी समुहले राष्ट्रपतिसँग वार्ता नगरेर सेनासँग वार्ता गर्न गएको भन्दै आश्चर्य समेत व्यक्त गरिएको छ । संसद विघटन नभएको…
Read More
त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि हुने जानकारी दिएको छ ।
Read More