खोज्नुहोस

Blog

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो । अहिलेसम्मको पछिल्लो अपडेट अनुसार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वीर अस्पतालको ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३-३ जना, केएमसी आस्पताल २ जना र टिचिङ अस्पतालमा एकको उपचारको क्रममा मृत्यु भएको छ । यस्तै, उपत्यकाका बाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना  गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको आँकडा रहेको छ । बाँकेमा मृत्यु…
Read More
काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यूको समय बढ्यो

काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यूको समय बढ्यो

काठमाडौँ । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको छ । नेपाली सेनाले पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको भन्दै  सेनाले विहिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा तथा विहिबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान  ६ बजेसम्म कर्फ्युको समय बह्दएको जानकारी दिएको हो । साथै सेनाले निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिने…
Read More
जेनजीलाई शिवपुरीबाट ओलीको पत्र- प्रहरीको गोलीले मेरा छोराछोरीको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुरा सकिए

जेनजीलाई शिवपुरीबाट ओलीको पत्र- प्रहरीको गोलीले मेरा छोराछोरीको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुरा सकिए

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । सेनाको ब्यारेक शिवपुरीबाट जेनजीलाई सम्बोधन गरेर लेखेको पत्रमा ओलीले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघमा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने उल्लेख गरेका छन् । उनले जब आफुले प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएको भनेका छन् । ओलीको पत्र प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ…
Read More
सुशिला कार्कीको नाममा जेनजी समुहमा विवाद, जंगीअड्डा अगाडी युवाहरुको नाराबाजी

सुशिला कार्कीको नाममा जेनजी समुहमा विवाद, जंगीअड्डा अगाडी युवाहरुको नाराबाजी

काठमाडौं । जेनजी समुहमा विवादमा देखिएपछि नेतृत्व छनौटको अन्योलमा परेको छ । सैनिक मुख्यालयमा जेनजी प्रतिनिधिहरुए सुशिला कार्कीको नाम नयाँ प्रधानमन्त्रीको रुपमा देखिएपछि युवाहरु विरोधमा उत्रिएका हुन् । असन्तुष्ट युवाहरुले जंगीअड्डा अगाडी नाराबाजी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेतृत्व गर्नुपर्ने बताएका छन् । तर जेनजीका प्रतिनिधिहरुले बालेन सम्पर्कमा नआएको बताएका छन् ।
Read More
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, अवस्था सामान्य बनाउन सबैले पहल गरौँ- मानव अधिकार आयोग

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो, अवस्था सामान्य बनाउन सबैले पहल गरौँ- मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले देशको अवस्था सामान्य बनाउन आग्रह गरेको छ । आयोगले देशको विकसित घटनाक्रमको अनुगमन गरिरहेको बताउदै स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्ने उल्लेख गर्दै सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको बताएको छ । त्यस्तै आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्दै जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताएको छ । आयोगले भनेको छ-  काठमाडौँलगायत देशका विभिन्न…
Read More