खोज्नुहोस

Blog

देउवा दम्पति खतरामुक्त

देउवा दम्पति खतरामुक्त

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा खतरामुक्त रहेका छन् । स्वकीय सचिव भानु देउवाका अनुसार देउवादम्पत्तिको काठमाडौँस्थित अस्पतालमा उपचार भइरहेको छ । देउवादम्पत्तिलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको छ । दुवैको एमआरआईसहित सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको र दुवै खतरामुक्य रहेको बताइएको छ । आन्दोलनकारीले देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा अवरोध गरेपछि सेनाले मंगलबार साँझ मात्र काठमाडौंस्थित एक अस्पतालमा पुर्याएको थियो । सुरक्षाका कारण अस्पतालको  नखोलिएको बताएको छ ।
Read More
कानुनी शासन र लोकतन्त्रको विकल्प छैन- काँग्रेस

कानुनी शासन र लोकतन्त्रको विकल्प छैन- काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको स्पष्ट गरेको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले एक विज्ञप्ति जारी गर्दै कानुनी शासन र लोकतन्त्रको विकल्प नभएको भन्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गरेका छन् । उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा नभको उल्लेख गर्दै लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरुसँग तत्काल संवाद गर्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्- हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।…
Read More
टोप बहादुर रायमाझी पनि जेलबाट भागे

टोप बहादुर रायमाझी पनि जेलबाट भागे

काठमाडौँ । काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट टोप बहादुर रायमाझी भागेका छन । कारागार स्रोतका अनुसार सुन्धारा कारागारबाट रायमाझीसहित सयौं कैदी भागेका छन् । गएरातीदेखि नै कैदीहरुले तोडफोड शुरु गरेपछि प्रहरीले नियन्त्रणमा लिने अवस्था नबनेपछि कैदीहरु भागेका थिए । यसैक्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका रायमाझी पनि भागेको बताइएको छ । अहिले रायमाझी कहाँ छन् भन्ने स्पष्ट रहेको छैन । हाल कारागारलाई सेनाले नियन्त्रणमा लिएको छ । केन्द्रीय कारागार बाहेक देशका कैयौं कारागारबाट हजारौं कैदी भागेका छन् र यो क्रम रोकिएको छैन । यसअघि मंगलबार सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम…
Read More
कारागारबाट कैदी भाग्ने क्रम जारी, कहाँबाट कति भागे ?

कारागारबाट कैदी भाग्ने क्रम जारी, कहाँबाट कति भागे ?

काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ । सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् । काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । विभिन्न जिल्लामा कारागारबाट भागेका कैदी जिल्ला अदालत गएर आगजानी गरेको समेत पाइएको छ । अहिलेसम्म ललितपुरको नक्खु कारागारबाट १२ सय, काठमाडौँको डिल्लीबजार कारागारबाट ११ सय, सुनसरीको झुम्का कारागारबाट १५७५, कास्कीको कारागारबाट ७७३, कैलाली कारागारबाट ६१२, महोत्तरीको जलेश्वर कारागारबाट ५७६, चितवनबाट ७ सय, कन्चनपुर कारागारबाट ४५०,…
Read More
देशका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति पुग्यो, सहजीकरण गर्न आग्रह छ- प्राधिकरण

देशका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति पुग्यो, सहजीकरण गर्न आग्रह छ- प्राधिकरण

काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंसहित देशका विभिन्न स्थानमा केही विद्युत् संरचनाहरूमा क्षति पुगेकाले केही फिडरहरू सटडाउनको अवस्थामा राखिएको जनाएको छ । वर्तमान कठिन अवस्थाको कारण क्षतिग्रस्त संरचनाको आवश्यक मर्मत कार्य गर्न कठिनाइ भइरहेको समेत प्राधिकरणले जनाएको छ । प्राधिकरणले भनेको छ- 'यस्तो अवस्थामा विद्युत संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमनमा तथा कार्यालय संचालनमा सहजीकरण गर्न सहयोग पुऱ्याई विद्युत सेवा छिटो सुचारु गर्न आवश्यक सहयोगको लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं ।' प्राधिकरणले विद्युत् आपूर्ति अनियमित भएमा २४सै घण्टा सञ्चालनमा रहने हटलाइन १९५० मा  वा नजिकको नोलाइट सेवामा जानकारी गराउन आग्रह समेत गरेको छ ।
Read More