काठमाडौँ । नेपाली सेना सडकमा आएसँगै स्थिति नियन्त्रणमा लिने प्रयास शुरु गरेको छ । सेनाले लुटपाट, तोफोड र आगजनीमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि पक्राउ गरेको छ । सेनाले अनावश्यक रुपमा बाहिर ननिस्किन आग्रह गरेको छ ।
काठमाडौँ । बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराहन्नसम्म बन्द हुने भएको छ । मंगलबार दिनको साँढे २ बजेदेखि बन्द गरिएको विमानस्थल दिउसो १२ बजेसम्म बन्द हुने र त्यसपछि खुलाउने तयारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गरेको हो । कार्यालयले विमानस्थल वरपर धुँवा देखिएपछि जहाजको सुरक्षमा असर पर्ने देखिएपछि दिउसो साढे २ बजेदेखि बन्द गरेको थियो । त्यस्तै आन्तरिक विमान कम्पनि अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने उल्लेख गरेको छ । बुद्ध एयरले मंगलबारका सब्वाई उडान रद्ध गरेको थियो । आर्टको तर्फ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई…
काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको बताउदै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ । नेपाली सेनाले नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । सेनाको विज्ञप्ति: नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको छ । नेपालमा हाल भइरहेको "जेनजी" आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेको छ ।…
राष्ट्रपति रामचन्द्र पाैडेलले विषम परिस्थितिकाे शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयाेग गर्न आग्रह गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा स्वीकृती भईसकेकाले अहिलेकाे विषम परिस्थितिबाट मूलुक, जनता र लाेकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयाेग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले लाेकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गर्नुभएकाे छ ।