काठमाडौं । सरकारले सार्बजनिक बिदाहरू पुनरावलोकन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिन थालिएपश्चात् साविकमा रहेका अन्य सार्वजनिक विदाहरूलाई पुनरावलोकन गर्ने निर्णय गरको हो । सार्बजनिक बिदा पुनरावलोकन गर्नका लागि बैठकले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक विदा पुनरावलोकन कार्यदल गठन गर्ने निर्णय गरेको छ । उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ । भूमि समस्या समाधान समितिले जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवश्यक विवरण संकलन गर्न साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । समितिले निर्धारण गरेको ढाँचाअनुसार फाराम भरी सम्बन्धित स्थानीय तहमा आवेदन दिनुपर्नेछ । लाभग्राहीहरूले आफ्नो वडामा तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत पनि निवेदन बुझाउन सक्नेछन्। यससम्बन्धी विस्तृत सूचना सम्बन्धित स्थानीय तहहरूले सार्वजनिक गरिसकेका छन् । समितिले…
काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप फुटबलको इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । सन् २०२६ को विश्वकपमा एम्बाप्पेले आठ खेलमा १० गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले आठ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुट जितेका छन् । यसअघि कतारमा भएको सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पे आठ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए । लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने उनी पहिलो खेलाडी हुन् । २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बने…
काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ । भगवान् शिवप्रति आस्था राख्ने श्रद्धालुहरू व्रत बसेर पूजा आराधना, जलाभिषेक, दुग्धाभिषेक तथा रुद्राभिषेक गरिरहेका छन् । राजधानीको पशुपतिनाथ मन्दिरसहित डोलेश्वर महादेव, किर्तिपुरको बाघभैरव परिसरस्थित शिवालय, हलेसी महादेव, देवघाट, ऋषेश्वर महादेव तथा देशका विभिन्न जिल्ला र स्थानीय तहमा रहेका शिव मन्दिरहरूमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको लाम लागेको छ । मन्दिर परिसरमा भक्तजनको सहज व्यवस्थापनका लागि सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको सबैभन्दा प्रिय महिना मानिन्छ । विशेषगरी यस महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत बस्ने, पूजा–आराधना गर्ने, मन्त्र…
काठमाडौँ । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेसँगै अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गरिने विभिन्न व्यक्तिगत पुरस्कारको घोषणा गरेको छ । फिफाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका स्पेनका मिडफिल्डर रोड्रीलाई विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै गोल्डेन बल प्रदान गरेको छ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले दोस्रो उत्कृष्ट खेलाडीका रूपमा सिल्भर बल प्राप्त गर्दा फ्रान्सका किलियन एम्बाप्पे ब्रन्ज बलबाट सम्मानित भएका छन् । एम्बाप्पेले प्रतियोगितामा सर्वाधिक गोल गर्दै गोल्डेन बुट पनि जिते । उनले आठ खेलमा १० गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् । यसअघि पनि उनी सन् २०२२ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका…