खोज्नुहोस

Blog

आज अन्तर्राष्ट्रिय चन्द्रमा दिवस मनाइदै

काठमाडौँ । आज (जुलाई २०) विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय चन्द्रमा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२१ मा पारित गरेको प्रस्तावअनुसार प्रत्येक वर्ष जुलाई २० मा यो दिवस मनाउने गरिएको हो । यो दिवस सन् १९६९ मा अपोलो- ११ अभियानमार्फत पहिलो पटक मानवले चन्द्रमामा सफलतापूर्वक पाइला टेकेको ऐतिहासिक उपलब्धिको सम्झनामा मनाइन्छ । उक्त अभियानले अन्तरिक्ष अनुसन्धानमा नयाँ युगको सुरुवात गरेको मानिन्छ । यस दिवसको उद्देश्य चन्द्रमाको अन्वेषणमा विभिन्न मुलुकले हासिल गरेका उपलब्धिको सम्मान गर्नुका साथै चन्द्रमाको दिगो, सुरक्षित र शान्तिपूर्ण उपयोगबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्नु हो । पछिल्ला वर्षहरूमा चन्द्रमासम्बन्धी अनुसन्धान र भावी अभियानहरू तीव्र रूपमा…
Read More

यी जिल्लामा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज र आगामी दुई दिन देशका विभिन्न नदी तथा खोलामा जलसतह उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्व राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनहरूमा अधिकांश नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ । आज सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशूली, पश्चिम सेती र महाकाली नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । अन्य प्रमुख नदीहरूमा पनि बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको…
Read More

बाल संगठनको अवस्था नाजुक, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ। मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो। यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ । मन्त्रालयले नेपाल बाल संगठनको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा…
Read More

पार्टीका विभागसँग समन्वय गरेर संसदमा प्रभावकारी बन्न सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन बनाउन आफ्नो संख्या नपुगे पनि सांसदहरुले बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ भन्ने प्रकट हुनुपर्ने बताएका छन् । एमालेका सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले तय गरेको योजना र सिद्धान्तलाई सांसदहरुले बोकेर हिडेमा सानो भएपनि शक्ति निर्माण हुने बताउदै सानो संख्या भएपनि बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ प्रकट हुनुपर्ने बताएका हुन् । ओलीले सांसदहरुलाई पार्टीका विभागसँग समन्वय गरेर संसदमा कुरा राख्न आग्रह गर्दै संगठित ढंगले काम गर्न निर्देशन दिए । ओलीले अहिले पनि युवाहरु विदेश जाने क्रम नरोकिएको टिप्पणी गर्दै गत बर्ष यति बेला देश खाली…
Read More

रुकुमपूर्व केन्द्र विन्दु भएर भूकम्प

काठमाडौं । रुकुमपूर्व केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराहन्न ४: ३० बजे रुकुमपूर्वको कोल आसपास केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।  
Read More