काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ । स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले गत जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा…
काठमाडौँ । आज जुलाई १८ का अवसरमा विश्वभर नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००९ मा घोषणा गरेको यो दिवस दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति तथा रंगभेदविरोधी आन्दोलनका अग्रणी नेता नेल्सन मण्डेलाको जन्मजयन्तीको सम्झनामा प्रत्येक वर्ष मनाउने गरिन्छ । यस दिवसको उद्देश्य मण्डेलाले जीवनभर अघि सारेका मानव अधिकार, समानता, शान्ति, मेलमिलाप तथा सामाजिक न्यायका मूल्यलाई आत्मसात् गर्दै समाजसेवामा सहभागी हुन विश्व समुदायलाई प्रेरित गर्नु हो । दिवसको मुख्य सन्देशका रूपमा प्रत्येक व्यक्तिलाई कम्तीमा ६७ मिनेट समाजसेवामा समर्पित गर्न आग्रह गरिन्छ । यो समय मण्डेलाले सामाजिक न्याय र मानव अधिकारका लागि गरेको ६७ वर्षको संघर्षको प्रतीक मानिन्छ…
काठमाडौँ । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको सहकार्य रहेको विवादित गीत 'मास्टर्नी' युट्युबबाट हटाइएको छ । गायक दुर्गेश थापा र फिल्म निर्माण कम्पनी आयंका फिल्मस् प्रालिले शुक्रबार बेलुका छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका हुन् । साथै, शिक्षक-शिक्षिका र दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै दुवैले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । यो गीतका शब्द र प्रस्तुतिकरणलाई लिएर व्यापक आलोचना भएको थियो । दुर्गेश थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'उक्त गीतका केही शब्द तथा प्रस्तुतिकरणका कारण आदरणीय दर्शक, शिक्षक–शिक्षिका तथा गुरुजनहरूको भावनामा ठेस पुगेको महसुस गरेका छौं। त्यसप्रति म तथा सम्पूर्ण…
हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको नयाँ कार्यविभाजन सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन गरेका छन् । नयाँ संरचनाअनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय कायम भएका छन् । सरकारमा रहेका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् भने बाँकी ६ जना मन्त्रीलाई हालका लागि विनाविभागीय राख्दै अतिरिक्त जिम्मेवारी तोकिने बताइएको छ । गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो । जस अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला,…
काठमाडौँ । फिफा विश्वकप फुटबलको विजेता टोलीले यसपटक ऐतिहासिक ट्रफी र स्वर्ण पदकसँगै विशेष रूपमा तयार गरिएको च्याम्पियन औँठी पनि प्राप्त गर्ने भएको छ । फिफाका अनुसार प्रतियोगिताको इतिहासमै पहिलो पटक यस्तो सम्मान प्रदान गर्न लागिएको हो । अमेरिकी खेल संस्कृतिको पुरानो परम्पराबाट प्रेरित भएर सुरु गरिएको यो व्यवस्थाअनुसार न्युजर्सी रङ्गशालामा हुने अर्जेन्टिना र स्पेनबीचको फाइनलपछि विजेता टोलीलाई विशेष औँठी प्रदान गरिनेछ । विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित अर्जेन्टिना फाइनलमा उत्रँदैछ । सेमिफाइनलमा उसले इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । यता, स्पेनले फ्रान्सलाई २–० ले हराउँदै सन् २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा…