खोज्नुहोस

Blog

भारी वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरी तथा सडक विभागको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका हुन्। कोशी प्रदेशको ईलाम नगरपालिका वडा नं. ९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक खण्ड) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ अर्को वैकल्पिक बाटो उपलब्ध रहेको जनाइएको छ । यस्तै, भोजपुर नगरपालिका वडा नं. ५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालन मा आएको छ । बागमती प्रदेश अन्तर्गत वीपि राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी…
Read More

आज साउने संक्रान्ति, यस्तो छ पौराणिक महत्व

जुम्ला । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविदहरु बताउछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला,…
Read More

दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा तथा बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त भएका हुन् ।  
Read More

हालसम्म देशभर करिब ६२ प्रतिशत धान रोपाइँ

काठमाडौँ । देशभर असार ३२ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ६१.६२  प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा भने ७२.१४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ६६ हजार ५६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ भएको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६०.२  प्रतिशत क्षेत्रमा, लुम्बिनीमा…
Read More

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस र नेकपाका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने नेकपा एमालेका १० सांसद रहेका छन् । त्यस्तै राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन् ।  
Read More