खोज्नुहोस

Blog

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमबारदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा मूल्य कायम गरिएको निगमले जनाएको छ । निगमले खान पकाउने ग्यासको मुल्य भने यथावत राखेको जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ । डिजेल/मट्टितेलको पनि २०० रुपैयाँ…
Read More

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो नीतिगत चुनौती

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो चुनौती आयोजना निर्माणभन्दा बाहिर रहेका नीतिगत तथा प्रक्रियागत अवरोध भएको बताएका छन् । जग्गा अधिग्रहण, मुआब्जा व्यवस्थापन, स्रोत सुनिश्चितता, अन्तरनिकाय समन्वय र ठेक्का व्यवस्थापनमा सुधार नगरी अपेक्षित विकास सम्भव नहुने उनको भनाइ छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफूले आर्थिक वर्षको अन्तिम चरणतिर मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै छोटो अवधिमा मन्त्रालयका नीति, कार्यक्रम तथा आयोजनाको समीक्षा गर्दा गत वर्ष उपलब्धि र आत्मसमीक्षा दुवैका…
Read More

ब्रोड पिक हिमपहिरोमा निर्मल पुर्जाको निधन भएको पुष्टि

काठमाडौं । आरोहण व्यवस्थापन कम्पनी एलिट एक्सपिडले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा ब्रोड पिकमा आएको हिमपहिरोपछि निर्मल पुर्जाको दुःखद निधन भएको पुष्टि भएको जनाएको छ । साथै, उक्त आरोहण दलका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको उल्लेख गरिएको छ । एलिट एक्सपिडले यस दुःखद घटनामा निर्मल पुर्जासँगै उनका विश्वासिला आरोहण सहयात्री तथा पथप्रदर्शक पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको जनाएको छ । कम्पनीले शोक वक्तव्य जारी गर्दै यस दुर्घटनामा ज्यान गुमाउने सबैप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूका परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना…
Read More

जनकपुरधाममा कर्फ्यू आंशिक रूपमा खुकुलो, १० बजेसम्म अत्यावश्यक सामग्री किन्न पाइने

जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशलाई कायम राख्दै सर्वसाधारणको दैनिक जीवन सहज बनाउन शनिबार बिहान केही समयका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीबाट साउन १४ गते जारी गरिएको कर्फ्यू आदेश यथावत् रहनेछ । तर, शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो गरिएको हो । प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रशासनका अनुसार कर्फ्यू अवधिमा पनि अस्पताल, औषधि पसल, हवाई सेवा,…
Read More

विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ

काठमाडौँ  । विश्व स्तनपान सप्ताह आजबाट प्रारम्भ भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताह मनाउन लागिएको हो । सन् १९९२ देखि प्रत्येक वर्ष अगस्ट १ तारिखदेखि मनाउँदैं आएको विश्व स्तनपान दिवस १ अगष्टबाट एक हप्तासम्म मनाइन्छ । विश्वभरका विभिन्न देशहरुजस्तै नेपालले पनि विगत लामो समयदेखि यो दिवसलाई आत्मसात गर्दै सोही अनुरुप विभिन्न कार्यक्रम गरेर मनाइदैं आएको हो । विश्व स्तनपान सप्ताह २०२६ को आधिकारिक नारा 'जीवनको दिगो सुरुआतका लागि स्तनपान : प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँ रहेको छ । यस वर्षको अभियानले स्तनपान प्रवर्द्धनका लागि भएका प्रयासहरूको प्रभाव मूल्याङ्कन गर्ने, प्रगतिलाई नियमित रूपमा अनुगमन गर्ने तथा समुदाय…
Read More