खोज्नुहोस

Blog

हालसम्म देशभर करिब ६२ प्रतिशत धान रोपाइँ

काठमाडौँ । देशभर असार ३२ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ६१.६२  प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा भने ७२.१४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ६६ हजार ५६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ भएको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णाली प्रदेशमा ६०.२  प्रतिशत क्षेत्रमा, लुम्बिनीमा…
Read More

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस र नेकपाका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने नेकपा एमालेका १० सांसद रहेका छन् । त्यस्तै राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन् ।  
Read More

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । आज दिउसो १ बजेदेखि बस्ने बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसुची रहेको समितिले जानकारी दिएको छ । बैठक सिंहदरबारस्थित सङ्‍घीय संसद् सचिवालयको महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष बस्ने समितिले जनाएको छ ।  
Read More

सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा छलफल

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था, उपलब्ध स्रोत–साधन तथा भावी योजना प्रस्तुत गरेका थिए । बैठकले जलन उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, तालिम, पूर्वाधार, उपकरण, औषधि तथा अन्य स्रोत–साधनको प्रदेशगत रूपमा विस्तृत नक्साङ्कन गरी सोही आधारमा कार्ययोजना कार्यान्वयन गर्ने सहमति गरेको छ। त्यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा सञ्चालनमा रहेका मनोसामाजिक परामर्श केन्द्रलाई थप व्यवस्थित,…
Read More

आज विश्व सर्प दिवस मनाइदै: संरक्षण र जनचेतनामा जोड

काठमाडौँ । आज विश्व सर्प दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई १६ मा मनाइने यस दिवसको उद्देश्य सर्पको संरक्षण, वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे जनचेतना फैलाउनुका साथै सर्पदंशबाट बच्ने उपायबारे जानकारी गराउनु हो । विश्व सर्प दिवस सन् १९७० को दशकदेखि मनाउन थालिएको हो । विश्वमा तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । सर्पप्रतिको अनावश्यक डर र भ्रम हटाउँदै तिनको संरक्षणमा सबैको ध्यानाकर्षण गराउनु यस दिवसको मुख्य उद्देश्य हो । सर्पले मुसा तथा अन्य हानिकारक जीव खाएर कृषि उत्पादन र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् । नेपालमा पनि विभिन्न प्रजातिका सर्प पाइन्छन् । तीमध्ये गोमन…
Read More