खोज्नुहोस

Blog

गगन थापा निवासमा आगजनी

गगन थापा निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ । जेनजी आन्दोलनमा सहभागी युवाहरुले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।
Read More
काँग्रेस र एमालेका केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

काँग्रेस र एमालेका केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा पनि आगजनी गरिएको छ । प्रदर्शनकारीले ललितपुरको सानेपास्थित काँग्रेस पार्टी कार्यालय र ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन उग्र बनेको छ भने राजनितीक दलका नेताका घरहरु प्रदर्शनकारीको निशानामा परेका छन् । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।  
Read More
प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गरेका छन् । साथै उनले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको जानकारी दिदै उत्पन्न विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन् । उनले भनेका छन्-  हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने…
Read More
रास्वपाका असिम शाहले दिए सांसदबाट राजीनामा

रास्वपाका असिम शाहले दिए सांसदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले सांसद पदबाट राजीनामा दिएका छन् । शाहले आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका हुन् । उनले अब सडकमा उत्रिएर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न भन्दै सांसदबाट राजीनामा दिएको बताएका छन् । उनले भनेका छन्:  म असिम शाह , प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु। गत दिनहरूमा भइरहेको जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ।…
Read More
बुढानिलकण्ठस्थित देउवाको निवासमा आगजनी

बुढानिलकण्ठस्थित देउवाको निवासमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् । देउवाको बुढानिलकण्ठस्थित निवासलाई घेराउ गर्दै तोडफोड र आगजनी गरेका हुन् । अहिले देउवा निवास पुर्णरुपमा प्रदर्शनकारीको कब्जामा रहेको छ ।
Read More