खोज्नुहोस

Blog

भैसेपाटीस्थित निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार

भैसेपाटीस्थित निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार

काठमाडौँ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ । जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।
Read More
रास्वपाका सांसदहरुको सामुहिक राजीनामा

रास्वपाका सांसदहरुको सामुहिक राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरुले राजीनामा दिएका छन् । राजीनामाको घोषणा गर्दै रास्वपाले प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । रास्वपाले घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न र सर्वपक्षीय नागरिक सरकार गठनको माग गेरको छ ।
Read More
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले जेनजीको आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदमा बसिरहन नैतिकताले नदिएको भन्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा दिदै उनले भनेका छन्-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु। हिजो भाद्र २३ गते काठमाडौँ लगायत देशै भरीका सडकमा हामीले जे देख्यौँ त्यो लोकतन्त्रमा उपयुक्त थिएन सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी हो। उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्,…
Read More
ओलीको बालकोटस्थित निवासमा आगलागी

ओलीको बालकोटस्थित निवासमा आगलागी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा आगलागी भएको छ । जेनजी आन्दोलनमा सहभागी युवाहरुले बलकोटस्थित ओलीको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।
Read More