काठमाडौँ । सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरिएको छ । मुख्य रजिस्ट्रार बिमल पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि आज र भोलीदेखिका पेसीमा रहेका मुद्धाहरुको सुनुवाइ स्थगित भएको जानकारी दिएका हुन् । पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन् । सर्वोच्चमा मंगलबारका सुनवाई पनि स्थगित भएका थिए । जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वोच्च अदालतमा पनि आगजनी भएको छ र धेरै महत्वपूर्ण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।
काठमाडौँ । नेपाली सेना काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको छ । साथै उनीहरुसँग विभिन्न हतियार नगद र गोलीगठ्ठासमेत सेनाले बरामद गरेको जानकारी दिएको छ । सेनाले भनेको छ- मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ । देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ । यसअघि मंगलबार दिनको साढे २ बजेदेखि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल कार्यालयका अनुसार निजी वायुसेवाका हेलिकप्टर, आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू स्थगित भएका छन् । यसैबीच आन्तरिक उडान कम्पनी बुद्ध र यति एयरलाइन्सले आजका सबै उडान स्थगित भएको जानकारी दिएको छ । बुद्ध एयरले भनेको छ- 'विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको छ । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।' त्यस्तै यति एयरलाइन्सले…
नेपालगञ्ज । बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा गएराती भएको झडपमा पाँच जनाको मृत्यु भएको र दुई जनाको मृत्यु भएको छ । उनीहरुलाई भेरी अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनापछि बाल सुधारगृहको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
काठमाडौँ । नेपाली सेनाले आज ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र त्यसपछि भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु जारी रहने स्पष्ट गरेको छ । निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाले अपिल जारी गर्दै आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको बताएको छ । नेपाली सेनाले आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको बताउदै आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय…