खोज्नुहोस

Blog

सरकारको औचित्य आजबाट समाप्त भयो- डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको औचित्य आजबाट समाप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. कोइरालाले सरकारले देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको उल्लेख गर्दै श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन नसक्ने बताएका छन् । जेनजीका माग समय सापेक्ष र जायज रहेको बताउदै कोइरालाले आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भएको बताएका छन् । उनले आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको उल्लेख गर्दै सबै मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका छन् । उनले भनेका छन्- …
Read More
जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय

जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा घटेका घण्टाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको छ । जेनजी पुस्ताको आन्दोलनमा अहिलेसम्म काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
Read More

झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

झापा । झापा जिल्ला प्रशासन कार्यालयले बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार राति साढे ८ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्लामा कर्फ्यु आदेश जारी गरिएको छ । प्रशासनले सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने बताएको छ । कर्फ्यु आदेश जारी भएसँगै सो क्षेत्रमा नेपाली सेना परिचालन हुने भएको छ । सोमबार झापाको विर्तामोड र दमकमा जेनजीको आन्दोलन उग्र बनेको थियो ।
Read More

जेनजी पुस्ता कानुनी राज्यको पक्षमा उभिन्छ भन्ने विश्वास छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले कानुनी राज्यको पालना गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् । एमालेको विधान महाधिवेशनको समापन समारोहमा बोल्दै ओलीले जेनजी पुस्ताले देशलाई माया गर्ने र कसैको उक्साहटमा नलाग्ने उल्लेख गर्दै कानुनी राजुको पालना गर्नेमा विश्वास व्यक्त गरेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । समारोहमा ओलीले भने- जेनजी पुस्ता देश भक्त छ, देशलाई माया गर्छ, कानुनी राज्यको पक्षमा उभिन्छ र कुनैपनि हालतमा कसैको उक्साहटमा नलागेर कानुनी राज्यको पालना गर्न मद्दत गर्छ भन्ने मेरो विश्वास छ ।' त्यस्तै ओलीले सामाजिक सञ्जाल बन्द गर्न चाहेर बन्द नगरेको बताउदै उनीहरुलाई करको दायरमा ल्याउने, नियमन…
Read More
सामाजिक सञ्जाल व्यवस्थित गर्ने सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न सञ्चार मन्त्रालयको आग्रह

सामाजिक सञ्जाल व्यवस्थित गर्ने सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थित गर्ने सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले आम नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारले लिएको यस सम्बन्धी निर्णय कार्यान्वयनमा सहयोग पुयाउन मन्त्रालय आम नागरिक तथा सम्बद्ध सबैमा अपिल गरेको हो । साथै मन्त्रालयले असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भिपीएन प्रयोग नगर्न आग्रह गरेको छ । सरकार नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हकको सम्मान गर्ने बताउदै नागरिकले…
Read More