खोज्नुहोस

Blog

विभिन्न दस्ताबेज पारित गर्दै एमालेको दोस्रो विधान महाधिवेशन सकियो

विभिन्न दस्ताबेज पारित गर्दै एमालेको दोस्रो विधान महाधिवेशन सकियो

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा सुरु भएको दोस्रो विधान महाधिवेशन विभिन्न दस्तावेज पारित गर्दै समाप्त भएको छ । यस विधान महाधिवेशनले तीन प्रमुख दस्तावेज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो । त्यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराको प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार बिभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्  । विधान…
Read More
आज इन्द्रजात्रा मनाइदै

आज इन्द्रजात्रा मनाइदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका…
Read More
डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक

डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक

काठमाडौँ । डा. नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ । यो उनको चौथो महाकाव्य हो । नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहका बीच उनको महाकाव्य कल्प सार्वजनिक गरिएको हो । पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई,  सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयं भएर संयुक्त रूपमा कल्प सार्वजनिक गरेका थिए । यसअघि कर्ण, धारा र अग्नि तीन महाकाव्य प्रकाशित गरिसकेका लम्सालको यो महाकाव्यलाई प्रतीक्षाका साथ हेरिएको थियो । पुस्तक विमोचन अघि नै पुस्तक आउँदै गरेको…
Read More
सम्पर्कमा आयो मेटा, दर्ता प्रक्रियाको विवरण माग्यो

सम्पर्कमा आयो मेटा, दर्ता प्रक्रियाको विवरण माग्यो

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतको मुख्य कम्पनि मेटा सरकारको सम्पर्कमा आएको छ । मेटाको सिंगापुरस्थित कार्यालयका कर्मचारीले सञ्चार मन्त्रालयमा सम्पर्क गरेर दर्ता हुने विवरण मागेको प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिएका छन् ।  मेटाका एक कर्मचारीले मन्त्रीका स्वकीय सचिवसँग दर्ता गर्ने विवरण माग गरेपछि सो विवरण इमेलमार्फत पठाएको उनले जानकारी दिएका छन् । मन्त्रालयले आजै २६ सामाजिक सञ्जाल कम्पनिलाई बन्द गर्न दिएको निर्देशन बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनिलाई ति सामाजिक सञ्जाल निष्क्रिय गराउन पत्राचार गरिसकेको छ ।  
Read More

एनसेलले भन्यो- दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म अब चल्दैनन्

काठमाडौं । एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै एनसेलले नेपाल दूर सञ्चार प्राधिकरणको निर्देशन अनुसार सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू मोबाइल डाटाबाट नचल्ने जानकारी गराएको हो । एनसेलले भनेको छ- नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्‌को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९, २०८२ को मन्त्रिस्तरिय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिए बमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक…
Read More