खोज्नुहोस

Blog

भ्रामक समाचार नफैलाउन प्रहरीको अनुरोध

भ्रामक समाचार नफैलाउन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले भ्रामक समाचार सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेको छ । प्रहरीले अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा 'बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला' भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको भन्दै विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नगराउन हुन प्रहरी अनुरोध गरेको छ । प्रहरीले भनेको छ-  अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा “बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला” भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा…
Read More
आज र भोलि शेयर कारोबार बन्द

आज र भोलि शेयर कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्चेन्जले बुधबार र विहिबार  घितोपत्र कारोबार नहुने जानकारी दिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले कारोबार बन्द रहने जानकारी दिदै भनेको छ- 'हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार मिति २०८२ भदौ २५ र २६ गते दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।' जेनजीको आन्दोलनका कारण यसअघि मंगलबार पनि धितोपत्रको कारोबार बन्द गरिएको थियो ।
Read More
देशका विभिन्न कारागारबाट कैदीहरु भाग्दै

देशका विभिन्न कारागारबाट कैदीहरु भाग्दै

काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ । सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् । काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । त्यस्तै ललितपुरको नख्खु कारागार र काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारगारका साथै झापा, सोलखुम्बु, महोत्तरी, कैलाली, बैतडी, दाङ, रुकुम पश्चिम र कास्की जिल्लाका विभिन्न कारगारबाट कैदीबन्दीहरू भागेका छन् । प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदीहरु भागेका छन् । कास्कीको कारागारबाट ३७४…
Read More
कानुनी शासन स्थापित गर्ने कार्यमा सहयोग गर्न नेपाल प्रहरीको अनुरोध

कानुनी शासन स्थापित गर्ने कार्यमा सहयोग गर्न नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै जेनजीको प्रदर्शनका क्रममा नागरिक र प्रहरीको दुखद निधनले मर्माहत बनाएको उल्लेख गर्दै कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको हो । प्रहरीले घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोक्न समेत आग्रह गरको छ । प्रहरीले भनेको छ-  ‘प्रदर्शनका क्रममा भएको जनधनको क्षति अत्यन्तै अपूरणीय एवं दुखद छ, त्यसबाट उत्पन्न परिणामस्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरूको उद्धार, उपचार,…
Read More
लुटपाट, तोफोड र आगजनीमा संलग्न २१ जना पक्राउ

लुटपाट, तोफोड र आगजनीमा संलग्न २१ जना पक्राउ

काठमाडौँ । नेपाली सेना सडकमा आएसँगै स्थिति नियन्त्रणमा लिने प्रयास शुरु गरेको छ । सेनाले लुटपाट, तोफोड र आगजनीमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि पक्राउ गरेको छ । सेनाले अनावश्यक रुपमा बाहिर ननिस्किन आग्रह गरेको छ ।  
Read More