काठमाडौँ । बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराहन्नसम्म बन्द हुने भएको छ । मंगलबार दिनको साँढे २ बजेदेखि बन्द गरिएको विमानस्थल दिउसो १२ बजेसम्म बन्द हुने र त्यसपछि खुलाउने तयारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गरेको हो । कार्यालयले विमानस्थल वरपर धुँवा देखिएपछि जहाजको सुरक्षमा असर पर्ने देखिएपछि दिउसो साढे २ बजेदेखि बन्द गरेको थियो । त्यस्तै आन्तरिक विमान कम्पनि अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने उल्लेख गरेको छ । बुद्ध एयरले मंगलबारका सब्वाई उडान रद्ध गरेको थियो । आर्टको तर्फ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई…
काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको बताउदै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ । नेपाली सेनाले नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । सेनाको विज्ञप्ति: नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको छ । नेपालमा हाल भइरहेको "जेनजी" आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेको छ ।…
राष्ट्रपति रामचन्द्र पाैडेलले विषम परिस्थितिकाे शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयाेग गर्न आग्रह गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा स्वीकृती भईसकेकाले अहिलेकाे विषम परिस्थितिबाट मूलुक, जनता र लाेकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयाेग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले लाेकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गर्नुभएकाे छ ।
काठमाडौँ । सर्वोच्च अदालतमा आगजनी भएको छ । जेनजी आन्दोलनकारीले सिंहदरबारस्थित सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ । यसअघि आन्दोलनकारीले राष्ट्रपति निवासरहेको शित्तल निवास, सिंहदरबार र संसद भवनमा पनि आगलागी गरेका थिए । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा…