जुम्लाका सबै स्थानीयतहले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएका छन् । एक नगरपालिका सहित सात गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कृषि,शिक्षा,उद्यमशीलता,पूर्वाधार विकास,रोजगारी बृद्धि लगायतका क्षेत्रलाई प्रथामिकता दिदै एकैसाथ नीति र बजेट ल्याएका छन् । जुम्लाका आठ पालिकाले कूल ३ अर्ब ३१ करोड ९३ लाख बरारको वार्षिक बजेट ल्याएका हुन । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाले ६१ करोड ३२ लाख ९२ हजारको बजेट ल्याएको छ । उपप्रमुख रामदेवी खड्काले हिंसा पिडित महिलाको राहत उद्दार तथा पुर्नस्थापनका लागि सेफहाउस निर्माण गर्नेदेखी उत्पादन बढाउने जस्ता नीतिलाई जोड दिएर ६१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । शिर्षकगत रुपमा बाँडफाँड गर्न बाँकी छ…
जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगिता आचार्यले कार्यकाल समाप्त भएपनि सरकारी स्कुटर नबुझाएको खुलेको छ । आचार्यको कार्याकाल सकिपछि स्कुटर फिर्ता गर्नुपर्ने भए पनि अहिले पनि उक्त स्कुटर निजी प्रयोजनमा प्रयोग गरिरहकी छिन् । स्थानीय स्रोतहरूका अनुसार, उनका श्रीमान् सुरेश भण्डारीले उक्त स्कुटर आफ्नो निर्माण व्यवसायमा नियमित प्रयोग गरि रहेको बताएका छन् । सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोगमा लगिएको विषयले सरकारी संयन्त्रको जवाफदेहितामा प्रश्न उठाएको छ । २०८१ चैत ३१ गते आचार्यको पदावधि सकिएको हो । तर, उहाँले हालसम्म पनि क १ प २९५ नम्बरको सरकारी स्कुटर अझै फिर्ता नगरेर दुरुपयोग गरिरहेकी छिन् । कार्यकाल सकिए…
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले तालाबन्दी गरेको एक साता वितिसक्दा पनि जिम्मेवार पदाधिकारीले कुनै चासो दिएका छैनन् । कर्मचारीहरुले जेठ २६ गतेदेखि जुम्लामा पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरेको हुन् । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको पदावधी सकिन केहि दिन मात्र बाँकी रहँदै गर्दा आफ्ना नजिकका आसेपासेलाई भर्ति गर्न नियम विपरित विज्ञापन प्रकाशन गरिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका थिए । कर्मचारीहरुले यस अघि प्रेस विज्ञप्ति जारी गर्दै जुम्लामा प्रतिष्ठान कार्यालयमा तालावन्दी गरिएकोे अवस्थालाई ब्यवस्था गर्दै प्रतिष्ठानका का.वा उपकुलपति तथा शिक्षाअध्यक्ष डा।डवल बहादुर धामी भागेर काठमाण्डौमा पुगेका छन् । प्रतिष्ठानमा आन्दोलनरत कर्मचारीहरुसंग वार्ता गरि…
स्याउ बिमाको रकम भुक्तानीको माग गर्दै जुम्लाका किसानहरु सडकमा उत्रिएका छन् । उनीहरुले तत्काल स्याउ बिमा बापतको रकम पाउनुपर्ने र यो बर्षको स्याउको समेत बिमा गर्न माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दासमेत बिमा गरे बापतको रकम भुक्तानी हुन नसकेकोमा आक्राेशित वनेका हुन् । स्याउमा खडेरी र असिनाले क्षति पुर्याएरमा क्षतिपूर्ति पाउने गरी शिखर इन्साेरेन्समा किसानले स्याउ बिमा गरेका थिए । किसानले सदरमुकाम खलंगाको बालमन्दिर नजिकैबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका छन् । किसानलाई बिमा बापतको रकम इन्साेरेन्स कम्पनीले दिन आलटाल गरि दुख मात्रै दिएकाे स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजुवालले…
जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रुमख टोप बहादुर महताराले जुम्ला पुगेर जिम्मेवारी सम्हालेको धेरै भएको छैन। समयको हिसाबले थोरै हो । जिल्ला ट्राफिक जुम्लामा प्रहरि सहायक निरिक्षक टोप बहादुर महतारा पुगेको १ महिना पनि पुगेको छैन। तर समय थोरै भएपनि काम धेरै भएको छ। जिल्लामा पुग्नासाथ ट्राफिकको सक्रियता ह्वात्तै बढेको छ। खासगरी ट्राफिक प्रमुुख महतारा जुम्लामा ट्राफिक व्यवस्थापनमा केही नयाँ र रचनात्मक ढंगले कार्ययोजनाका साथ काम गर्न खोजिरहेका छन्। उनी जिल्लामा पुग्नासाथ सरोकारवाला सँग समन्वय गरि ट्राफिक व्यवस्थापन, चेकजाँच र सचेतनाका कामलाई एकाएक तीव्रता दिएका छन्। दुर्घटना न्युनिकरण देखि ट्राफिक व्यवस्थापनमा जोड दिइएको उनले बताए । जिल्लाका आठै पालिकामा दुर्घटना घटाउन…