खोज्नुहोस

Blog

तिला ८ लाई जुम्लाको १६ औँ बालबिवाह मुक्त वडा घोषणा

          जुम्ला । जुम्लाको तिला गाउँपालिका– ८ बालविवाह मुक्त वडा घोषणा भएको छ । सरोकारवाला,निकाय, महिला बालबालिकाको उपस्थितिमा एक कार्यक्रमका बीच बिहीबार वडालाई बालविवाह मुक्त घोषणा गरिएको वडा सचिव खड्ग रावतले जानकारी दिनुभयो । स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । वडाध्यक्ष आसे बस्नेत अनुसार उमेर नपुगीहुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउने छौँ । सानो उमेरमा गरिने विवाहले प्रजनन स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम वडा पालिकाले प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।तिला गाउँपालिका महिला तथा…
Read More

प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित

  काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् । सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेपनि अवरोध कायमै रहेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरे । विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् ।  
Read More

यार्सागुम्बा टिप्न हिमालतिर लागेपछि गाउँ सुनसान, विद्यालय बन्द

        देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो जस्तै देखिन्छ। हिउँ पग्लिएर खालि भएका नागी पाटनहरूमा यार्सा गुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो। गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन्। यार्सागुम्बा अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्वपूर्ण पक्ष हो। मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो। पश्चिम उत्तरका हिमाली तथा उच्च पहाडी जिल्लाका स्थानीयहरू जेठको दोश्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा किरा कोर्न जाने गर्दछन् । उच्च हिमाली क्षेत्रका पाटनहरूमा पाईने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा किरा कोर्ने भन्ने गरिन्छ। साना साना बालबालिकाहरूले पनि यसलाई यही ढंगले बुझ्ने गरेका छन्।…
Read More

माधवकुमार नेपालको सांसद पद निलम्बन

      काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो ।  पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हाे । भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ
Read More

ट्रम्पले एड्मिरल कूपरलाई दिए मध्य पूर्वको जिम्मा

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यपूर्व र अफ्रिकामा अमेरिकी सेनाको कमान्डका लागि प्रमुख मनोनयनहरू गरेको छ । यसै आधारमा भाइस एडमिरल ब्राड कूपरलाई मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड लिन मनोनयन गरिएको छ । उनको नियुक्ति पुष्टि भएमा नौसेना अधिकारीलाई यो महत्त्वपूर्ण पदमा नियुक्त गरिएको यो दोस्रो पटक हुनेछ । अर्कोतर्फ ट्रम्पले अफ्रिकामा अमेरिकी सैन्य कमान्ड (अमेरिकी अफ्रिका कमान्ड) को जिम्मेवारी लिन वायु सेनाका लेफ्टिनेन्ट जनरल ड्यागविन एन्डरसनलाई पनि मनोनयन गरेको बताए । ट्रम्पले अफ्रिकामा अमेरिकी सैन्य कमान्ड (अमेरिकी अफ्रिका कमान्ड) को जिम्मेवारी लिन वायु सेनाका लेफ्टिनेन्ट जनरल ड्यागविन एन्डरसनलाई पनि मनोनयन गरेको अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भनेका छन्…
Read More