कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल सरकारको संसदबाट पारित ऐनअनुसार २०६८ (२०११) स्थापना गरिएको हो। यो प्रतिष्ठान कर्णाली अञ्चल अस्पताल, जुम्लालाई स्तरोन्नति गरी स्थापना गरिएको स्वास्थ्य तथा शैक्षिक संस्था हो। यसको उद्देश्य भनेको दुर्गम तथा पिछडिएको क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षामा सहज पहुँच पाउने व्यवस्था गर्नु हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल लक्ष्य भनेको जुम्ला र अन्य पिछडिएको क्षेत्रमा स्वास्थ्य संस्था स्थापना गरी जनतालाई सहज र सस्तो दरमा गुणस्तरीय सेवा प्रदान गर्नु, दक्ष जनशक्ति उत्पादन गर्नु र स्वास्थ्यसम्बन्धी अनुसन्धानलाई प्रवर्द्धन गर्नु हो। प्रतिष्ठान ऐनअनुसार पिछडिएको क्षेत्रमा समेटिएका जिल्लाहरू हुन्: हुम्ला, जुम्ला, कालिकोट,…
विश्व वातावरण दिवसका अबसरमा जुम्लाकाे कर्णाली माध्यमिक बिद्यालयमा वृक्षाराेपण गरिएकाे छ । दिवसका अबसरमा विहिबार विहान डिभिजन वन कार्यालय जुम्लाकाे आयाेजनामा चन्दननाथ नगरपालिका वडा नं ३ स्थित कर्णाली मावि अनामनगरमा बृक्षाराेपण गरिएकाे हाे । सबै सरकारी कार्यालयका प्रमुख प्रतिनिधिकाे सहभागितामा बृक्षाराेपण गरिएकाे हाे । हरेक वर्ष मे-५ तारिखमा मनाईने विश्व वातावरण दिवस अन्तर्गत यश वर्ष “प्लाष्टिक प्रदुषण न्युनिकरण,हाम्राे दायित्व” भन्ने नारा तय गरिएकाे डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए । उनका अनुसार विश्व वातावर्ण दिवसका अबसरमा आज दिँउसाे नगरपाालिका भित्रका विद्यालय बीच हाजिरी जवाफ प्रतियाेगिता संचालन गरिने छ ।
जुम्ला । कर्णाली कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण जुम्लाको रेडियोलाेजि बिभागमा कार्यरत कर्मचारी मकर बहादुर हमालले स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री प्रदिप पाैडेल लाई MRI मेसिन अभाव विरूद्व गुनासाे गरेका छन् । <span;>प्रतिष्ठानमा लामाे समय देखि उक्त मसिनकाे अभाव रहेकाले कर्मचारी हमालले स्वास्थ्य तथा जनसंख्या मन्त्री पाैडल लाई चिठी मार्फत MRI मेसिन अभाव तथा आगामी बजेटमा समाबेश गरि बजेट विनियोजनकाे व्यवस्था गर्न अपिल गरेका छन् । <span;>श्रीमान् <span;>प्रदीप पौडेलज्यू <span;>माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री <span;>स्वास्थ्य तथा जनसंख्या मन्त्रालय <span;>सिंहदरबार, काठमाडौं, नेपाल। हमालले लेखेका छन् ” माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल। मिति: २०८२ वैशाख…
सुर्खेत — कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो । कर्णाली प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ । दलित समुदायमाथि हुने छुवाछुत तथा जातीय भेदभाव जस्ता असमान व्यवहारलाई अन्त्य गर्दै दलित समुदायको मानवअधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चितता गर्न विधेयक ल्याइएको हो । तत्कालीन सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले २७ जेठ २०८१ मा उक्त विधेयक प्रदेशसभामा पेस गरेका थिए ।
प्रकाशराज पाण्डे, पर्वतारोही ‘हामीले जित्ने पहाड होइन, आफैंलाई हो’ विख्यात आरोही सर एडमन्ड हिलारीको यो भनाइ मेरै लागि हो लाग्छ । रामेछापको तिल्पुङमा जन्मिएर त्यही सेरोफेरोमा हुर्किंदै गर्दा हिमालको टुप्पोमा पुग्ने मोहले मनमा घर गरिसकेको रहेछ । तर त्यो पत्तो पाउन मैले त्यही ठाउँ छोड्नु परेको थियो । अहिले इमाडोल घरमा हरेक बिहान ब्युँझिंदा कसरी हिजोभन्दा आज राम्रो गर्ने भन्ने प्रश्न मेरो मन–मस्तिष्कमा खेलिरहेको हुन्छ । र, त्यही प्रश्नको जवाफ खोज्ने प्रयासमा दिनचर्या बितेको पत्तै नपाइने रहेछ । तिल्पुङको त्यो फुच्चेले दर्जन जति हिमाल चढिसक्यो अहिलेसम्म । आफैं चकित हुन्छु र सोच्छु जिन्दगीका कस्ता र कति अग्ला हिमाल चढ्न अझै…